रास्वपा कोशी प्रदेश अधिवेशन : केन्द्रको निर्देशन विपरीत प्यानल बन्यो, आज मतगणना

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २८, बिहीबार १२:२५

विराटनगर । मोरङको विराट चोकमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको पहिलो अधिवेशनमा केन्द्रको निर्देशन विपरीत प्यानल बनाएर निर्वाचन भएको छ ।

प्यानल बनाउन केन्द्रले निषेध गरे पनि मोरङको बिराटचोकमा बुधबार राति भएको मतदानमा प्यानल बनाइएको हो ।

Advertisement

सभापतिका उम्मेदवार गोमा तामाङ सरिनले केही सांसद र केन्द्रीय नेताहरूले व्यक्ति जिताउन संगठन विथोल्न खोजेको भन्दै आक्रोश व्यक्त गरिन् ।

सभापतिको उम्मेदवार गोमा तामाङले स्टेजबाट गुटबन्दी नगर्न सांसद र केन्द्रीय नेताहरुलाई चेतावनी पनि दिइन् । ‘आउनुहोस् स्वतन्त्र चुनाव लडौँ, तर एउटा व्यक्तिलाई अथवा कुनै प्यानल बनाएर माननीयहरु हिँड्छन् भने कोशी प्रदेशले स्वीकार्दैन,’ उनले भनेकी थिइन्, ‘केही माननीयले संगठन बिथोल्ने प्रयास गर्दैछन्, व्यक्ति जिताउन माननीय लाग्छन् भने ती माननीयलाई कोशी प्रदेशमा निषेध गर्छु म ।’ तर ती ‘माननीय’ को हुन् भन्ने औपचारिक रुपमा खुलिसकेको छैन ।

सभापतिका उम्मेदवार चन्द्रबहादुर राईको पक्षबाट प्यानल बनाएर मत मागिएको प्रतिनिधिहरूले बताएका छन् ।

यता सांसद गणेश कार्कीले पार्टीमा देखिएको गुटबन्दीप्रति सार्वजनिक रूपमै असन्तुष्टि जनाएका छन् ।

‘चुनावमा प्यानल छैन, राम्रो कुरा हो । तर केही व्यक्ति उम्मेदवारका लागि भोट माग्दै गरेको देखेँ । प्यानलको सुरूवात यहिँदेखि हुने हो । उम्मेदवारले मात्र आफ्ना लागि भोट मागौँ । दोस्रो व्यक्तिले अर्कोको लागि भोट माग्दै, पम्प्लेट बोक्दै नहिँडौँ,’ उनले भनेका छन्, ‘रास्वपा सप्तकोशी भइसकेको छ । यसको महानता र विशालतामा गौरव गरौँ, देशका लागि उपयोग गरौँ ।’

उनले नीतिको राजनीति गर्न आग्रह पनि गरेका छन् । ‘कोशीले नेताको राजनीति गर्यो । नेताको नामले राजनीति गर्यो,’ उनले भने, ‘अब नीतिको राजनीति गरौँ । राष्ट्रिय नीतिका लागि कोशीले नेतृत्व लिन सक्ने गरी, उदाहरण बनाउन सक्ने गरी राजनीति गरौं ।’

प्रदेशका निवर्तमान महामन्त्री तथा सांसद लालविक्रम थापा भने निर्वाचनमा गुटबन्दी गरेको उजुरी निर्वाचन समितिमा नआएको बताउँछन् । ‘बाहिर हल्लाको विषय जानकारी भएन, तर निर्वाचन समितिमा कसैको उजुरी आएको छैन’, उनले भने, ‘उजुरी आए छानबिन हुन्छ ।’

लोकतन्त्रमा मत माग्न पाउने अधिकार सबैलाई हुने बताउँदै उनले प्यानल बनेको उजुरी नआएको बताए ।

थापाका अनुसार निर्वाचन क्षेत्रबाट २८, समावेशी १५ सदस्य र एक जना सभापतिका लागि बुधबार मतदान भएको थियो । निर्वाचनमा ७०२ मत खसेको थियो । आज मतगणना हुनेछ ।

कुनै एक उम्मेद्वारले ५० प्रतिशत मत प्राप्त नगरे सभापतिको लागि पहिलो र दोस्रो स्थानको मत ल्याउने बीचमा दोस्रो चरणको मतदान हुने विधानमा व्यवस्था छ ।

तपाइको प्रतिक्रिया
उपराष्ट्रपति यादव र कोशीका प्रदेश प्रमुख खापुङबीच भेटवार्ता
उपराष्ट्रपति यादव र प्रदेश प्रमुख खापुङबीच भेटवार्ता
विराटनगरमा ‘सीप उत्सव २०८३’ हुँदै 
विराटनगरकाे ट्राफिक चाेकबाट ११९ ग्राम खैरो हिरोइनसहित दुई युवक पक्राउ
रास्वपा प्रदेश सभापतिमा राई निर्वाचित
रास्वपा नेतृ तामाङकाे स्टाटस : ‘आजबाट राजनीतिक बिट मारे’
बर्दियामा नक्कली सरकारी कार्यालय, श्रीमानश्रीमती पक्राउ
अधिकारी सुनचाँदी पसलमा ठगी, मिलाउने जिम्मा लिएका भूमी आयाेग पूर्वअध्यक्षसँग प्रशासनले लियाे बयान
रास्वपा कोशी प्रदेश अधिवेशन : केन्द्रको निर्देशन विपरीत प्यानल बन्यो, आज मतगणना
  सुनको मूल्य घट्यो 
बजारमा सुनचाँदीको मूल्य ओरालो लाग्दै 
ताप्लेजुङमा ‘अलैँची महोत्सव’ हुँदै 
ताप्लेजुङमा ‘अलैँची महोत्सव’ हुँदै 
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.