
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो कोशी प्रदेश अधिवेशनमा सभापतिको उम्मेदवार आशा तामाङ सरिनले रास्वपा छाडेकाे घाेषणा गरेकी छन् । सभापतिको उम्मेदवार बनेकी नेतृ आशा तामाङ सरिनले निर्वाचनको अन्तिम नतिजा नआउँदै राजनीतिबाट बिट मारेको घोषणा गरेकी हुन् ।
राजनीतिक बिट मारेको घोषणा गर्दै सामाजिक सञ्जालमा उनले लेखेकी छन्, ‘आजबाट राजनीतिक बिट मारे। मतदाता सम्पुर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’
रास्वपाको आन्तरिक लोकतन्त्र र नयाँ नेतृत्वका लागि भएको अधिवेशनमा तामाङ सभापति पदको बलियो दाबेदारका रूपमा थिइन् । तर, निर्वाचनमा केन्द्रीय तहका नेताहरु चन्द्रबहादुर राईको पक्षमा खुलेर मत मागेपछि तामाङले मतदान स्थलमा विरोध पनि गरेकी थिइन् ।
अधिवेशनमा सभापतिमा निवर्तमान कार्यवहाक सभापति गोमा तामाङसँगै चन्द्रकुमार गौली, खगेन्द्र कटुवाल, चन्द्रबहादुर राईले उम्मेदवारी दिएका थिए । मतगणना जारी रहदा राईले अग्रता फराकिलो बनाएका छन् ।


























