उपराष्ट्रपति यादव र प्रदेश प्रमुख खापुङबीच भेटवार्ता

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २८, बिहीबार १८:००
उपराष्ट्रपति यादव र कोशीका प्रदेश प्रमुख खापुङबीच भेटवार्ता

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङबीच शिष्टाचार भेटवार्ता भएको छ । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको उक्त भेटमा संवैधानिक जिम्मेवारी र संघीयता कार्यान्वयनका विविध पक्षमा छलफल भएको हो ।

भेटका क्रममा उपराष्ट्रपति यादव र प्रदेश प्रमुख खापुङबीच नेपालको संविधानले निर्दिष्ट गरेका कर्तव्यहरू, संघीयताको प्रभावकारी सुदृढीकरण तथा संघ र प्रदेशबीचको प्रशासनिक एवं राजनीतिक समन्वयका विषयमा गहन विचार विमर्श भएको थियो ।

Advertisement

सो अवसरमा उपराष्ट्रपति यादवले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सफल कार्यान्वयनका लागि संघ र प्रदेशबीचको सहकार्यलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए । उनले संविधानको मर्मअनुसार अघि बढ्न सके मात्र संघीयताको जग बलियो हुने र विकासको फल आम नागरिकसम्म पुग्ने उल्लेख गरे ।

कोशी प्रदेशका प्रदेश प्रमुख खापुङले संघीयता कार्यान्वयनमा प्रदेश तहबाट भइरहेका प्रयास र प्रतिबद्धताका बारेमा उपराष्ट्रपतिलाई अवगत गराए । उनले राष्ट्रिय एकता, समावेशिता र संवैधानिक प्रावधानअनुसार प्रदेश सरकारले निर्वाह गरिरहेको भूमिकाका बारेमा समेत जानकारी दिए ।

भेटमा दुवै पदाधिकारीहरूले मुलुकको वर्तमान अवस्था र संघीयतालाई जनमुखी बनाउने विषयमा साझा धारणा व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
उपराष्ट्रपति यादव र कोशीका प्रदेश प्रमुख खापुङबीच भेटवार्ता
उपराष्ट्रपति यादव र प्रदेश प्रमुख खापुङबीच भेटवार्ता
विराटनगरमा ‘सीप उत्सव २०८३’ हुँदै 
विराटनगरकाे ट्राफिक चाेकबाट ११९ ग्राम खैरो हिरोइनसहित दुई युवक पक्राउ
रास्वपा प्रदेश सभापतिमा राई निर्वाचित
रास्वपा नेतृ तामाङकाे स्टाटस : ‘आजबाट राजनीतिक बिट मारे’
बर्दियामा नक्कली सरकारी कार्यालय, श्रीमानश्रीमती पक्राउ
अधिकारी सुनचाँदी पसलमा ठगी, मिलाउने जिम्मा लिएका भूमी आयाेग पूर्वअध्यक्षसँग प्रशासनले लियाे बयान
रास्वपा कोशी प्रदेश अधिवेशन : केन्द्रको निर्देशन विपरीत प्यानल बन्यो, आज मतगणना
  सुनको मूल्य घट्यो 
बजारमा सुनचाँदीको मूल्य ओरालो लाग्दै 
ताप्लेजुङमा ‘अलैँची महोत्सव’ हुँदै 
ताप्लेजुङमा ‘अलैँची महोत्सव’ हुँदै 
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.