‘सीमा विवादको विषयमा सरकारले स्पष्ट कुरा उठाउन सकेन’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २९, शुक्रबार १३:५०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुस्बु ओलीले भारतसँगको सीमा विवादको विषयमा सरकारले स्पष्ट र दृढ रूपमा कुरा उठाउन नसकेको आरोप लगाएकी छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले हालैको भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्रीले सीमा विवादलाई प्राथमिकतामा नराखेको बताइन् । भ्रमणअघि पत्रकारहरूसँग सीमा विषयमा पछि बोल्ने बताइए पनि दिल्लीमा भएको औपचारिक वार्तामा उक्त मुद्दा नउठाइएको उनको दाबी थियो ।

Advertisement

ओलीले नेपाली पक्षबाट जारी भएका प्रेस विज्ञप्ति तथा भ्रमणपछिको प्रेस नोटमा समेत सीमा विवादबारे कुनै उल्लेख नभएको बताइन् । पत्रकारहरूले प्रश्न गरेपछि मात्रै मन्त्रीले यस विषयमा प्रतिक्रिया दिएको उनको भनाइ थियो ।

उनले संसदमा समेत परराष्ट्रमन्त्रीले सीमा विवादभन्दा नियमित सीमा व्यवस्थापन, जस्तै जंगे पिल्लरको संरक्षण र बैठकजस्ता विषयमा मात्र कुरा गरेको टिप्पणी गरिन् । राष्ट्रिय हितसँग जोडिएको सीमा विवादलाई सरकारले गम्भीरतापूर्वक उठाउनुपर्ने उनको माग थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.