रास्वपा काेशी प्रदेश : यस्ताे छ नयाँ नेतृत्व

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २९, शुक्रबार १७:४५

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोशी अधिवेशनले नयाँ समिति निर्वाचित गरेकाे छ । पहिलाे प्रदेश अधिवेशनले चन्द्र राईको नेतृत्वमा नयाँ समिति गठज गरेकाे हाे ।

प्रदेश समितिकाे उपसभापतिमा होमराज दाहाल (राजन) निर्वाचित भएका छन् । महामन्त्रीमा निरज कटुवाल, सहमहामन्त्रीमा सुरेन्द्र कार्की र मञ्जरी घिमिरे निर्वाचित भए ।

Advertisement

कोषाध्यक्ष र प्रवक्ता प्रदेश सभापतिले मनोनीत गर्नेछन् ।

खुला र समावेशीतर्फ सदस्य तर्फ ईश्वर तामाङ, निष्मा कोइराला, राधिका कार्की, विन्दु सिटौला ‘लक्की’, गोमादेवी कटुवाल, निसार मिया, एमिलिया कार्की, सम्पतलाल राई, भगवती रोका कार्की, प्रमोद कार्की, प्रमोदकुमार मण्डल, दलित सदस्यतर्फ सम्झना खाती र जुनाल गदाल निर्वाचित भएका छन् । अपाङ्गता सदस्यमा प्रेमराज तुम्बाहाम्फे निर्वाचित भएका छन् ।

प्रतिनिधि सभा क्षेत्रबाट प्रदेश सदस्य तर्फ लक्ष्मण अधिकारी, सुरेन्द्रप्रसाद जैसवाल, नवराज अधिकारी,गणेश आचार्य, युवराज खतिवडा, केदारनाथ आचार्य, नेत्रप्रसाद शिवाकोटी, सम्झना पण्डित,यादवकुमार प्रधान, श्रीकृष्ण प्रसाई, सरिता कार्की लामा, निरज कटुवाल, कुन्दन कौसिक र डिल्ली अधिकारी चयन भएका छन् । रास्वपाको विधान अनुसार कोशी प्रदेश समिति ६१ सदस्यीय हुने व्यवस्था छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.