रास्वपा बागमतीको सभापतिमा दुई मतले उत्सव विजयी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ३१, आइतबार ०७:१९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् ।

निवर्तमान प्रदेश प्रवक्ता रहेका अर्यालले पूर्वसभापति डा. अच्युत लामिछानेसहित तीन प्रतिस्पर्धीलाई पराजित गर्दै नेतृत्व हात पारेका हुन् । निर्वाचन परिणामअनुसार अर्यालले ४१६ मत प्राप्त गर्दा डा. लामिछानेले ४१४ मत पाए । अर्याल दुई मतको झिनो अन्तरले विजयी बनेका हुन् ।

Advertisement

रास्वपाको बागमती प्रदेश अधिवेशन जेठ २६ गते हेटौँडामा उद्घाटन भएको थियो । नयाँ नेतृत्व चयनका लागि सहमतिमार्फत टुंगो लगाउने प्रयास भए पनि सफल हुन नसकेपछि निर्वाचन प्रक्रिया अघि बढाइएको थियो ।

निर्वाचन शनिबार काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा सम्पन्न भएको हो । मतगणनापछि अर्याल बागमती प्रदेश सभापतिमा निर्वाचित भएको घोषणा गरिएको पार्टीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.