डिजिटल शक्तिमा कमजोर हुँदा धक्का बेहोर्नुपर्‍यो : अध्यक्ष ओली

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २, मंगलबार १८:२६

विराटनगर । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीकाे स्रोतलाई ‘डिजिटल शक्ति’ मा रूपान्तरण गर्न नसक्दा एमालेले गम्भीर राजनीतिक क्षति बेहोर्नुपरेको बताएका छन् ।

एमाले केन्द्रीय कार्यालयले मंगलबार विराटनगरमा आयोजना गरेको ‘प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन’ सम्बन्धी सुझाव सङ्कलन कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् । उनले विभिन्न क्षेत्रमा चुनौती देखिए पनि सूचना प्रविधि र डिजिटल क्षेत्रको कमजोरी नै पार्टीका लागि सबैभन्दा ठूलो ‘धक्का’ सावित भएको टिप्पणी गरे ।

Advertisement

आफ्नो नेतृत्वको सरकारले विकास निर्माण, सुशासन र राष्ट्रिय हितका पक्षमा ऐतिहासिक काम गरेको दाबी गर्दै ओलीले ती उपलब्धिहरूलाई जनतामाझ प्रभावकारी रूपमा पुर्‍याउन नसकिएको स्वीकार गरे। ‘हाम्रो सरकारले गरेका असाधारण कामहरूलाई लिएर विपक्षीले भ्रम फैलाए,’उनले भने, ‘हामीले सत्यको प्रचार गर्न सकेनौं र हाम्रा विरुद्ध भएका असत्य र गलत प्रचारको समयमै खण्डन गर्न पनि सकेनौं ।’

अध्यक्ष ओलीले संविधान निर्माणदेखि नै एमालेले अनेक अवरोध छिचोल्दै आएको स्मरण गरे। उनले छिमेकी मुलुकहरू भारत र चीनसँगको सम्बन्धलाई सन्तुलित र सुदृढ बनाउनुका साथै सामाजिक सुरक्षा र विकासका क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएको दाबी गरे। तर, यी विषयहरूलाई आधुनिक सञ्चार माध्यममार्फत जनताको घरदैलोमा पुर्‍याउन नसक्दा विरोधी शक्तिहरू भ्रमको खेती गर्न सफल भएको उनको भनाइ थियो।

पार्टीविरुद्ध योजनाबद्ध ढंगले फैलाइएका भ्रमहरूले एमालेलाई बदनाम गराउन भूमिका खेलेको ओलीको जिकिर छ । भदौ २४ गतेको आगजनी र हिंसात्मक घटनालाई एमालेविरुद्धको षडयन्त्रसँग जोड्दै उनले भने,’सुनियोजित रूपमा आतङ्क र भ्रमको वातावरण सिर्जना गरेर एमालेको छवि बिगार्ने कोसिस भयो, जसलाई चिर्न हाम्रो डिजिटल उपस्थिति कमजोर देखियो।’

तपाइको प्रतिक्रिया
कोशीको कानुन मन्त्रालयमा वित्तीय बेथिति : अस्थायी लाइसेन्स कार्ड छपाईमाथि शंका
चुनावी परिणामको समीक्षा र सुदृढीकरणका लागि एमालेको विशेष भेला
विराटनगरमा एमाले समीक्षा बैठक : ओलीको ‘डिजिटल’स्वीकारोक्ति, तल्लो तहमा ‘संगठनात्मक’असन्तुष्टि
औषधि व्यवसायी संघले ५३ औँ स्थापना दिवस मनाउँदै 
औषधि व्यवसायी संघले ५३ औँ स्थापना दिवस मनाउँदै 
डिजिटल शक्तिमा कमजोर हुँदा धक्का बेहोर्नुपर्‍यो : अध्यक्ष ओली
शौचालयभित्र लुकाएको ६४ केजी गाँजा बरामद 
शौचालयभित्र लुकाएको ६४ केजी गाँजा बरामद 
चिया पसलको गल्लामा लुकाएर गाँजा बेच्ने एक जना पक्राउ
चिया पसलको गल्लामा लुकाएर गाँजा बेच्ने एक जना पक्राउ
स्तनपान प्रतिस्थापन : कानुन छ, कार्यान्वयन छैन
चुनावी परिणामको समीक्षा र सुदृढीकरणका लागि एमालेको विशेष भेला
चुनावी परिणामको समीक्षा र सुदृढीकरणका लागि एमालेको विशेष भेला
विराटनगर प्रदेशसभा भवन परिसरको पिपलको रुख ढल्यो, केहीबेर सडक अवरुद्ध (फोटो फिचर)
महानिर्देशकसहित चार जना अनुसन्धानको घेरामा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.