कोशीको कानुन मन्त्रालयमा वित्तीय बेथिति : अस्थायी लाइसेन्स कार्ड छपाईमाथि शंका

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २, मंगलबार १९:५९

विराटनगर । कोशी प्रदेशसभाको सार्वजनिक लेखा समितिले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा भएको गम्भीर कानुनी तथा वित्तीय अनुशासन उल्लंघनप्रति प्रश्न उठाएको छ ।

मंगलबार बसेको समितिको बैठकमा मन्त्रालयले बिना कानुनी आधार लाखौँ रुपैयाँ खर्च गरेर अस्थायी सवारी चालक अनुमति पत्र (लाइसेन्स) छापेको र राज्यकोषको दुरुपयोग गरेको भन्दै प्रश्न उठेकाे हाे ।

Advertisement

मन्त्रालयले ११ थान मेसिन खरिद गरी १ लाख ८७ हजार ५ सय थान अस्थायी लाइसेन्स कार्ड छापेको थियो । तर, त्यसमध्ये केवल २१ हजार थान मात्र वितरण भएको छ । १ लाख ६६ हजार ५ सय थान कार्ड मन्त्रालयको गोदाममा छ ।

समिति सदस्य भुपेन्द्र राईले प्रयोगमै नआउने मेसिन र कार्ड खरिद गरेर राज्यलाई व्ययभार थपेको भन्दै संलग्न पदाधिकारीमाथि कारबाहीको माग गरे ।

प्रदेशको कानुन निर्माण गर्ने मुख्य जिम्मेवारी पाएको मन्त्रालयसँग हालसम्म कति कानुन बने, कति खारेज भए र कति लागु छन् भन्ने स्पष्ट अभिलेख नभएकाे भन्दै आवाज पनि उठ्याे । प्रहरी चौकी मर्मतका लागि विनियोजित बजेट कार्यविधि विपरीत नयाँ भवन निर्माणमा खर्च गरिएकाे र  सुशासन ऐन अनुसार अनिवार्य रूपमा बुझाउनुपर्ने वार्षिक प्रतिवेदन मन्त्रालयले हालसम्म तयार नै नगरेकाे भन्दै प्रश्न उठेकाे थियाे ।

समितिका सदस्य दुर्गाप्रसाद चापागाईंले मन्त्रालयले लापरबाही गरेकाे बताए । समितिले प्रक्रिया नपुर्‍याई गरिएको खर्चलाई बेरुजु कायम गरी असुलउपर गर्न, राहत विवरण सार्वजनिक गर्न र तत्काल कानुनहरूको एकीकृत संग्रह तयार पार्न मन्त्रालयलाई निर्देशन दिएको छ ।

तपाइको प्रतिक्रिया
कोशीको कानुन मन्त्रालयमा वित्तीय बेथिति : अस्थायी लाइसेन्स कार्ड छपाईमाथि शंका
चुनावी परिणामको समीक्षा र सुदृढीकरणका लागि एमालेको विशेष भेला
विराटनगरमा एमाले समीक्षा बैठक : ओलीको ‘डिजिटल’स्वीकारोक्ति, तल्लो तहमा ‘संगठनात्मक’असन्तुष्टि
औषधि व्यवसायी संघले ५३ औँ स्थापना दिवस मनाउँदै 
औषधि व्यवसायी संघले ५३ औँ स्थापना दिवस मनाउँदै 
डिजिटल शक्तिमा कमजोर हुँदा धक्का बेहोर्नुपर्‍यो : अध्यक्ष ओली
शौचालयभित्र लुकाएको ६४ केजी गाँजा बरामद 
शौचालयभित्र लुकाएको ६४ केजी गाँजा बरामद 
चिया पसलको गल्लामा लुकाएर गाँजा बेच्ने एक जना पक्राउ
चिया पसलको गल्लामा लुकाएर गाँजा बेच्ने एक जना पक्राउ
स्तनपान प्रतिस्थापन : कानुन छ, कार्यान्वयन छैन
चुनावी परिणामको समीक्षा र सुदृढीकरणका लागि एमालेको विशेष भेला
चुनावी परिणामको समीक्षा र सुदृढीकरणका लागि एमालेको विशेष भेला
विराटनगर प्रदेशसभा भवन परिसरको पिपलको रुख ढल्यो, केहीबेर सडक अवरुद्ध (फोटो फिचर)
महानिर्देशकसहित चार जना अनुसन्धानको घेरामा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.