चिया निर्यातको अवरोध हटाउन माग

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३, बुधबार १३:४१

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निष्कल राईले चिया निर्यातकाे बाटाे खाेल्न सरकार समक्ष माग गरेका छन् । भारतले चिया निर्यातमा अवरोध गरेपछि तेस्रो देशमा बजारको सुनिश्चित गर्न सरकारसँग माग गरेका हुन् ।

गुणस्तर परीक्षणको नाममा भारतले चिया निर्यातमा रोक लगाएपछि उनले बुधबार प्रतिनिधि सभा बैठकमा सरकारको भूमिका खाेजे ।

Advertisement

सचेतक राईले सरकारले भारतले चिया निर्यातमा रोक लगाउँदा इलामका चिया उद्योग बन्द भएको र त्यहाँ आश्रित श्रमिकहरुको रोजगारी गुम्ने खतरा रहेको बताए।

उनले सरकारले उक्त समस्या समाधानका लागि पहल नगरेको गुनासो गरे।

‘८३ वटा भन्दा बढी चिया उद्योग बन्द हुँदा सरकारको ध्यान पटक्कै गएको छैन’, उनले भने चिया उद्योग बन्द हुँदा किसानले उत्पादन गरेको हरियो चिया खेर गएको छ। चिया टिप्ने र त्यसका काम गर्ने श्रमिकहरुको रोजगारी गएको छ।’

सचेतक राईले चियाको गुणस्तर मापन सम्बन्धि ल्याबको आवश्यक व्यवस्था तत्काल गर्न पनि सरकारको ध्यानाकर्षंण गराए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.