सक्रिय राजनीतिबाट बिदा भए कृष्णबहादुर महरा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ४, बिहीबार १७:४५

काठमाडौं । पटक पटक विवादमा तानिएका नेकपा नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले सक्रिय जिम्मेवारीबाट अलग भकाे घाेषणा गरेका छन् । उनले पार्टीकाे साधारण सदस्यका रूपमा रहने घोषणा गरेका हुन् ।

आफू केही वर्षयता एट्रोफी सम्बन्धी रोगबाट पीडित रहेको जानकारी दिँदै उनले नसाहरू र मांसपेशीहरू क्रमशः खुम्चिँदै जाने समस्याका कारण नियमित उपचार, थेरापी तथा औषधि सेवन गरिरहेकाे बताए ।

Advertisement

स्वास्थ्य अवस्थाका कारण पार्टीका गतिविधि र जिम्मेवारीमा विगत झैँ सक्रिय तथा प्रभावकारी भूमिका निर्वाह गर्न कठिन भएको उनको भनाइ छ ।

बिहीबार जारी वक्तव्यमा महराले ४८ वर्षदेखि नेपाली कम्युनिस्ट आन्दोलनका विभिन्न चरण, संघर्ष र परिवर्तनका यात्रामा निरन्तर सहभागी हुँदै आएको उल्लेख गर्दै आफ्नो जीवनको महत्वपूर्ण समय पार्टी, आन्दोलन, देश र जनताको सेवामा समर्पित गरेको उल्लेख गरेका छन् ।

उनले यो निर्णय कुनै असन्तुष्टि, गुनासो वा वैचारिक विचलनका कारण नभई स्वास्थ्य अवस्थाले सिर्जना गरेको बाध्यात्मक परिस्थितिको परिणाम भएको उल्लेख गरेका छन् ।

तपाइको प्रतिक्रिया
निर्मला पन्त हत्या प्रकरणकाे अनुसन्धान सरकारकाे प्राथमिकतामा
राप्रपाको महाधिवेशन आगामी मंसिर २६ देखि २८ सम्म काठमाडौंमा हुने
राप्रपाको महाधिवेशन आगामी मंसिर २६ देखि २८ सम्म काठमाडौंमा हुने
चिया निर्यातमा देखिएको अवरोध हटाउन एमाले कोशीको आग्रह
मोरङ र सुनसरीका ९ सहकारी संस्था खारेजीको प्रक्रियामा
 आगामी मौद्रिक नीति निजी क्षेत्रमैत्री र लगानी प्रवर्द्धनमा केन्द्रित हुनुपर्नेमा जोड
आगामी मौद्रिक नीति निजी क्षेत्रमैत्री र लगानी प्रवर्द्धनमा केन्द्रित हुनुपर्ने
सक्रिय राजनीतिबाट बिदा भए कृष्णबहादुर महरा
‘खुट्टा भाँचिदिने’अभिव्यक्तिमा मन्त्री लम्साल : नियत खराब छैन
पासपोर्ट खरिद प्रकरणमा अख्तियारलाई आरजुको इमेल : ‘उपचारमा छु, अनुसन्धानमा सहयोग गर्छु’
देशसँग पीरती लगाउँदा मन्त्री भए : महावीर पुन
सार्वजनिक संगीत प्रयोगमा रोयल्टी अनिवार्य, कोशी प्रदेशबाट संकलन सुरु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.