राप्रपाको महाधिवेशन आगामी मंसिर २६ देखि २८ सम्म काठमाडौंमा हुने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ४, बिहीबार १८:३८
राप्रपाको महाधिवेशन आगामी मंसिर २६ देखि २८ सम्म काठमाडौंमा हुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो आगामी महाधिवेशनको मिति तय गर्दै कार्य तालिका अनुमोदन गरेको छ । बिहीबार धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो ।

बैठकले निर्वाचन समितिले तयार पारेको निर्वाचन नियमावली र निर्देशिकालाई आवश्यक परिमार्जनसहित स्वीकृत गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले महाधिवेशनलाई व्यवस्थित बनाउन र आन्तरिक निर्वाचन प्रक्रियालाई चुस्त राख्न परिमार्जित नियमावलीले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

Advertisement

अध्यक्ष लिङ्देनका अनुसार कार्यसम्पादन समितिबाट पारित भएका यी प्रस्तावहरू शुक्रबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा पेस गरिनेछ । ‘केन्द्रीय कार्यसम्पादन समितिले पारित गरेको महाधिवेशनको कार्य तालिका र निर्देशिकामाथि शुक्रबारको केन्द्रीय समिति बैठकमा विस्तृत छलफल हुनेछ,’ अध्यक्ष लिङ्देनले भने ।
केन्द्रीय समितिले ती प्रस्तावहरूमाथि छलफल गरी आवश्यक निर्णय लिएपछि महाधिवेशनको तयारीलाई थप तीव्रता दिइने राप्रपाले जनाएको छ । निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि राप्रपाले यसअघि नै विभिन्न चरणमा छलफल गर्दै आएको थियो।

तपाइको प्रतिक्रिया
निर्मला पन्त हत्या प्रकरणकाे अनुसन्धान सरकारकाे प्राथमिकतामा
राप्रपाको महाधिवेशन आगामी मंसिर २६ देखि २८ सम्म काठमाडौंमा हुने
राप्रपाको महाधिवेशन आगामी मंसिर २६ देखि २८ सम्म काठमाडौंमा हुने
चिया निर्यातमा देखिएको अवरोध हटाउन एमाले कोशीको आग्रह
मोरङ र सुनसरीका ९ सहकारी संस्था खारेजीको प्रक्रियामा
 आगामी मौद्रिक नीति निजी क्षेत्रमैत्री र लगानी प्रवर्द्धनमा केन्द्रित हुनुपर्नेमा जोड
आगामी मौद्रिक नीति निजी क्षेत्रमैत्री र लगानी प्रवर्द्धनमा केन्द्रित हुनुपर्ने
सक्रिय राजनीतिबाट बिदा भए कृष्णबहादुर महरा
‘खुट्टा भाँचिदिने’अभिव्यक्तिमा मन्त्री लम्साल : नियत खराब छैन
पासपोर्ट खरिद प्रकरणमा अख्तियारलाई आरजुको इमेल : ‘उपचारमा छु, अनुसन्धानमा सहयोग गर्छु’
देशसँग पीरती लगाउँदा मन्त्री भए : महावीर पुन
सार्वजनिक संगीत प्रयोगमा रोयल्टी अनिवार्य, कोशी प्रदेशबाट संकलन सुरु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.