विराटनगरको बजेट साढे ३ अर्ब

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १०, बुधबार १४:४५

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बुधबार आयोजित नगरसभामा उपप्रमुख शिल्पा निराला कार्कीले चालु आर्थिक वर्षको तुलनामा करिब १० करोड रुपैयाँ घटाएर आगामी वर्षको बजेट प्रस्तुत गरेकी हुन् ।

चालु आर्थिक वर्षका लागि विराटनगर महानगरपालिकाले ३ अर्ब ६८ करोड २८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको थियो ।

महानगरले बजेटको सबैभन्दा ठूलो हिस्सा पूर्वाधार विकासमा विनियोजन गरेको छ ।  पूर्वाधारतर्फ १ अर्ब ६० करोड ३९ लाख ३२ हजार रुपैयाँ छुट्याइएको छ, जसमध्ये वडास्तरीय योजनाका लागि ४३ करोड ५६ लाख र नगरस्तरीय योजनाका लागि ६० करोड खर्च गरिनेछ। यस्तै, प्रशासनिक खर्च र कार्यालय सञ्चालनका लागि ७६ करोड २८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

सामाजिक विकासतर्फ २६ करोड ५० लाख बजेट छुट्याइएको छ, जसमा शिक्षामा १० करोड ९ लाख र स्वास्थ्यमा ७ करोड ३ लाख रुपैयाँ रहेको छ । आर्थिक विकासका लागि ३ करोड २६ लाख, सुशासनका लागि २ करोड ९३ लाख र वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि २ करोड ५९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

महानगरले १ अर्ब २७ करोड २० लाख रुपैयाँ आन्तरिक आयबाट संकलन गर्ने लक्ष्य राखेको छ । तर, यो लक्ष्यलाई कर्मचारी र सरोकारवालाहरूले ‘हावादारी’ भनेका छन् । चालु आर्थिक वर्षमा पनि सोही बराबरको लक्ष्य राखिएको थियाे । तर, जेठ मसान्तसम्म ४४ करोड ८५ लाख रुपैयाँ मात्रै संकलन भएको छ । असारभित्र लक्ष्य भेट्ने कुनै सम्भावना नभए पनि महानगरले पुनः पुरानै महत्वाकांक्षी अंकलाई आन्तरिक आयको स्रोत मानेको हाे ।

बजेटका अन्य स्रोतहरूमा संघीय सरकारबाट १ अर्ब ७ करोड २८ लाख र प्रदेश सरकारबाट १४ करोड २६ लाख रुपैयाँ अनुदान प्राप्त हुने अनुमान गरिएको छ। यस्तै, राजस्व बाँडफाँडबाट ९२ करोड ५६ लाख र बैंक मौज्दातबाट १४ करोड रुपैयाँ खर्च ब्यहोरिने महानगरले जनाएको छ।

तपाइको प्रतिक्रिया
जनताका प्रश्नको जवाफ दिन नसक्नु आत्मसमीक्षाको विषय हो: महामन्त्री घिमिरे
कांग्रेस महाधिवेशनमा दाहाल, रवि, भट्टराईसहित शीर्ष नेताको जमघट
कांग्रेस महाधिवेशनमा दाहाल, रवि, भट्टराईसहित शीर्ष नेताको जमघट
गगन थापाले गरे कांग्रेसको १५ औँ महाधिवेशन उद्घाटन
गगन थापाले गरे कांग्रेसको १५ औँ महाधिवेशन उद्घाटन
पूर्णबहादुर खड्काको फेसबुक अकाउन्ट ह्याक
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
जितियाको निराहार व्रत तोड्दै महिलाले गरे पर्व समापन
अपहरणमा संलग्न युवक प्रहरीमाथि जाइलागेपछि गोली चलाइयो
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
मोरङमा ४६ सय संस्थाको अभिलेख खोतल्दै प्रशासन, नयाँ दर्ता पनि रोकियो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×