बेलबारी- ३ का वडाध्यक्षलाई पदमुक्त गर्न सिफारिस

Share this
774shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ११, बिहीबार १६:३२

विराटनगर । राष्ट्रीय स्वतन्त्र पार्टीमा प्रवेश गरेपछि नेकपा (एमाले)ले मोरङ बेलबारी नगरपालिका– ३ का वडाध्यक्ष योगेन्द्र सुवेदीलाई पदमुक्त गर्न सिफारिस गरेको छ ।

एमालेबाट निर्वाचित वडाध्यक्ष सुवेदी रास्वपा महाधिवेशनमा प्रतिनिधि भएर चितवन पुगेपछि एमालेले पदमुक्त गर्न सिफारिस   गरेकाे हो ।

असार ९ गते बसेको जिल्ला पदाधिकारीको बैठकले सुवेदीलाई पदमुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको एमाले मोरङका सचिव सोमराज थापाले जानकारी दिए । अब केन्द्रीय कार्यालयले पदमुक्त गर्नका लागि निर्वाचन आयाेगमा पत्र पठाउनेछ ।

जिल्ला सचिव थापाका अनुसार पार्टी फेर्ने लेटाङ नगरपालिका–४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ, रंगेली नगरपालिका– १ का वडाध्यक्ष महेशकुमार खनाल पदमुक्त भइसकेका छन् ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.