
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छन् । पार्टीभित्रका दुई प्रभावशाली र लोकप्रिय महिला नेतृ सोविता गौतम र डा. तोसिमा कार्कीबीच उपसभापतिका लागि भएको प्रतिस्पर्धा सबैको चासोको विषय बनेको थियो।
अन्तिम मत परिणाम अनुसार गौतमले ७८९ मत प्राप्त गर्दै विजयी भइन् भने उनको निकटतम प्रतिस्पर्धी डा. कार्कीले ५७२ मत प्राप्त गरिन् ।
त्यस्तै, रास्वपाको महामन्त्री पदमा विपिन आचार्य निर्वाचित भएका छन् । सहमहामन्त्री पुरुषतर्फ हरि ढकाल र असिम शाह विजयी भए । सहमहामन्त्री महिलातर्फ निशा डाँगीले विजयी भइन् ।



















