आर्थिक समृद्धि र रोजगारी सिर्जना सरकारको पहिलो प्राथमिकता हुनुपर्छ: वरिष्ठ उपाध्यक्ष  वैद्य

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १४, आइतबार १८:११
आर्थिक समृद्धि र रोजगारी सिर्जना सरकारको पहिलो प्राथमिकता हुनुपर्छ: वरिष्ठ उपाध्यक्ष  वैद्य

झापा । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले सरकारले आर्थिक समृद्धिलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन् । मुलुकमा लामो समयपछि स्थायी सरकार बनेको उल्लेख गर्दै उनले स्थायित्वलाई समृद्धिसँग जोड्न सकिए मात्र जनअपेक्षा पूरा हुने धारणा राखे ।

बिर्तामोड उद्योग वाणिज्य संघको आठौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै वैद्यले व्यवसायीलाई समेटेर अघि बढ्न सके सरकार सफल हुने बताए । आर्थिक गतिविधि विस्तार, लगानी प्रवर्द्धन र निजी क्षेत्रसँग सहकार्यलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो ।

उनले सरकारको पहिलो दायित्व आर्थिक समृद्धि हासिल गर्नु, युवालाई  विदेश पलायन रोक्नु र स्वदेशमै रोजगारी सिर्जना गर्नु रहेको उल्लेख गरे । त्यसका लागि व्यवसायीलाई लगानीमैत्री वातावरण उपलब्ध गराउन आवश्यक रहेको उनको धारणा थियो ।

‘व्यवसायी स्वच्छ र पारदर्शी ढंगले काम गर्न चाहन्छन् । त्यसका लागि अनावश्यक झन्झट र अवरोध हटाइनुपर्छ,’ उनले भने । वैद्यले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन विकास निर्माणमा पुँजीगत खर्च वृद्धि, सुशासनको प्रत्याभूति र निजी क्षेत्रप्रति विश्वासको वातावरण निर्माणमा सरकारले ध्यान दिनुपर्ने सुझाव दिए ।

संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षता तथा वैद्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्षहरू कृष्णप्रसाद शर्मा, दिल सुन्दर श्रेष्ठ, नरेशलाल श्रेष्ठ, प्रबलजङ्ग पाण्डे, केन्द्रीय सदस्य दीपक नेपाल, अर्जुनकुमार श्रेष्ठ र नवीन रिजाल लगायतको उपस्थिति थियो ।

कार्यक्रममा पूर्वअध्यक्ष तथा संविधानसभा सदस्य सुधीरकुमार सिवाकोटी, संघका पूर्वअध्यक्ष बलराम कार्की तथा झापाका सहायक प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा अध्यक्ष न्यौपानेले उद्योगी व्यवसायीको हितमा संघ निरन्तर क्रियाशील रहेको बताए । उनको कार्यकालमा सम्पन्न गतिविधिसम्बन्धी श्रव्य दृश्य सामग्री समेत प्रस्तुत गरिएको थियो । सो अवसरमा व्यवसायी चान मोहम्मद र उमाकान्त ढुंगेल तथा पत्रकार इन्द्रसिंह राजवंशी र अच्युत सुवेदीलाई नगदसहित पुरस्कृत गरिएको थियो ।

तपाइको प्रतिक्रिया
जनताका प्रश्नको जवाफ दिन नसक्नु आत्मसमीक्षाको विषय हो: महामन्त्री घिमिरे
कांग्रेस महाधिवेशनमा दाहाल, रवि, भट्टराईसहित शीर्ष नेताको जमघट
कांग्रेस महाधिवेशनमा दाहाल, रवि, भट्टराईसहित शीर्ष नेताको जमघट
गगन थापाले गरे कांग्रेसको १५ औँ महाधिवेशन उद्घाटन
गगन थापाले गरे कांग्रेसको १५ औँ महाधिवेशन उद्घाटन
पूर्णबहादुर खड्काको फेसबुक अकाउन्ट ह्याक
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
जितियाको निराहार व्रत तोड्दै महिलाले गरे पर्व समापन
अपहरणमा संलग्न युवक प्रहरीमाथि जाइलागेपछि गोली चलाइयो
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
मोरङमा ४६ सय संस्थाको अभिलेख खोतल्दै प्रशासन, नयाँ दर्ता पनि रोकियो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×