एलो हर्बलको नयाँ हेयर केयर श्रृंखला सार्वजनिक

Share this
799shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १७, बुधबार १७:२२
एलो हर्बलको नयाँ हेयर केयर श्रृंखला सार्वजनिक

विराटनगर । नेपाली जडीबुटीमा आधारित सौन्दर्य सामग्री उत्पादनमा पहिचान बनाएको ‘एलो हर्बल’ले स्किन केयरको सफलतापछि अब हेयर केयर (कपालको हेरचाह) क्षेत्रमा प्रवेश गरेको छ । कम्पनीले कपालको प्रकृतिअनुसार तयार पारिएका विभिन्न नयाँ उत्पादनहरूको श्रृंखला इटहरीमा एक विशेष समारोहका बीच सार्वजनिक गरेको हो ।

इटहरीमा आयोजित कार्यक्रममा देशका प्रतिष्ठित कन्टेन्ट क्रिएटर, इन्फ्लुएन्सर, ब्युटी एक्सपर्ट तथा व्यावसायिक साझेदारहरूको उपस्थिति थियो । सोही अवसरमा अभिनेत्री तथा मोडल सुरक्षा केसीलाई कम्पनीको आधिकारिक ‘ब्रान्ड एम्बेसडर’ घोषणा गरियो । नेपाली सौन्दर्य र प्राकृतिक जीवनशैलीको प्रतिनिधित्व गर्ने भएकाले उनलाई चयन गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै एलो हर्बलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत गोपाल काफ्लेले स्वदेशी जडीबुटीको वैज्ञानिक प्रयोगबाट अन्तर्राष्ट्रिय स्तरको गुणस्तर प्रदान गर्न सकिने बताए । ‘नेपालकै जडीबुटी उपयोग गरेर गुणस्तरीय उत्पादन बनाउन सके आयात प्रतिस्थापन हुनुका साथै देशको अर्थतन्त्र र रोजगारीमा ठुलो टेवा पुग्छ,’ काफ्लेले भने । उनले कम्पनीले सधैँ अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकतामा राखेको समेत स्पष्ट पारे ।

एलो हर्बलको नयाँ हेयर केयर श्रृंखलामा सुक्खा, चिल्लो, ड्यामेज्ड, चाया परेको र सामान्य कपालका लागि छुट्टाछुट्टै उत्पादनहरू उपलब्ध छन् । यसअन्तर्गत स्काल्प सिरम, हेयर मास्क, कन्डिसनर, हेयर सिरम र रिग्रोथ हेयर आयल उपलब्ध छन् ।

प्राकृतिक जडीबुटीको समिश्रणबाट तयार पारिएका यी उत्पादनहरूले नेपाली उपभोक्तालाई सुरक्षित र प्रभावकारी विकल्प दिने कम्पनीको विश्वास छ । स्किन केयरमा स्थापित भइसकेको एलो हर्बलले अब हेयर केयरमार्फत आफ्नो बजार विस्तार गर्दै नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने दीर्घकालीन लक्ष्य लिएको छ ।

तपाइको प्रतिक्रिया
जनताका प्रश्नको जवाफ दिन नसक्नु आत्मसमीक्षाको विषय हो: महामन्त्री घिमिरे
कांग्रेस महाधिवेशनमा दाहाल, रवि, भट्टराईसहित शीर्ष नेताको जमघट
कांग्रेस महाधिवेशनमा दाहाल, रवि, भट्टराईसहित शीर्ष नेताको जमघट
गगन थापाले गरे कांग्रेसको १५ औँ महाधिवेशन उद्घाटन
गगन थापाले गरे कांग्रेसको १५ औँ महाधिवेशन उद्घाटन
पूर्णबहादुर खड्काको फेसबुक अकाउन्ट ह्याक
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
जितियाको निराहार व्रत तोड्दै महिलाले गरे पर्व समापन
अपहरणमा संलग्न युवक प्रहरीमाथि जाइलागेपछि गोली चलाइयो
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
मोरङमा ४६ सय संस्थाको अभिलेख खोतल्दै प्रशासन, नयाँ दर्ता पनि रोकियो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×