
काठमाडौं । वैदेशिक रोजगारीमा राम्रो सेवा सुविधासहित आकर्षक तलबको प्रलोभनमा पारेर ठगी गर्ने २ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूलाई वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर ३९ लाख ठगी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार काभ्रेका सरोज पन्त र रामेछापका अनिल खत्रीलाई उक्त रकम ठगीको आरोपमा पक्राउ गरिएको हो ।
पन्तले एक जना युवकलाई आयरल्यान्ड पठाइदिने भन्दै १६ लाख र खत्रीले दुबई पठाउने बहानामा ६ जनाबाट २३ लाख असुलेको आरोपमा पक्राउ परेका हुन् । दुवै जनालाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको प्रहरीले जनाएको छ ।

























