विश्वकप लिग–२ः नेदरल्यान्ड्स जाने नेपाली क्रिकेट टोलीको बिदाइ 

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २१, आइतबार १४:५१
विश्वकप लिग–२ः नेदरल्यान्ड्स जाने नेपाली क्रिकेट टोलीको बिदाइ 

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिकोणात्मक शृङ्खला खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आइतबार एक कार्यक्रमका बीच बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको बिदाइ कार्यक्रममा खेलाडीहरूलाई सफलताको शुभकामना दिँदै बिदाइ गरिएको हो ।

नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित यो शृङ्खला आगामी जुलाई २१ देखि सुरु हुँदैछ । नेदरल्यान्ड्स जानुअघि नेपाली टोली अभ्याका लागि ‘जर्सी’ प्रस्थान गर्ने छ।

Advertisement

बिदाइ कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले नेपाली टोलीले पछिल्लो समय उच्च प्रदर्शन गरिरहेको भन्दै युरोप टुरमा पनि त्यसलाई कायम राख्ने विश्वास व्यक्त गरे। ‘हामीले गत वर्ष स्कटल्यान्डमा जस्तै उत्कृष्ट प्रदर्शन दोहोर्‍याउने अपेक्षा राखेका छौँ,’ खड्काले भने, ‘हाम्रो आगामी महिनाहरू निकै व्यस्त छन् । लिग–२ सँगै हामीले नेपाल प्रिमियर लिग (एनपीएल) को पनि तयारी गर्नु छ।’

टोलीका कप्तान रोहित पौडेलले पछिल्लो समय टोलीको फिटनेस र तयारीमा विशेष ध्यान दिइएको बताए । उनले भने, ‘हामीले पछिल्लो एक साता फिटनेसमा निकै मेहनत गरेका छौँ । विश्वकप छनोटको यात्रामा बाँकी रहेका शृङ्खलाहरू हाम्रा लागि निकै महत्त्वपूर्ण छन् । कन्डिसनअनुसार आफूलाई ढाल्दै राम्रो नतिजा निकाल्नेमा हामी विश्वस्त छौँ ।’

त्यस्तै, क्यानका अध्यक्ष चतुरबहादुर चन्दले खेलाडीहरूलाई दबाबरहित भएर खेल्न आग्रह गर्दै घरेलु मैदानमा हात पारेको सफलताले टोलीको मनोबल उच्च रहेको उल्लेख गरे ।

लिग–२ को मुख्य शृङ्खलाअघि कन्डिसन मिलाउन नेपाली टोलीले जर्सीमा विशेष तयारी क्याम्प र दुई वटा अभ्यास एक दिवसीय खेल खेल्ने छ । क्यानका अनुसार पहिलो अभ्यास खेल जुलाई १३ र दोस्रो खेल जुलाई १५ मा हुनेछ । हालै सम्पन्न ८ वटा घरेलु खेलमध्ये ६ खेल जितेर नेपालले अंक तालिकामा आफ्नो स्थान सुधार गरिसकेको छ ।

यस भ्रमणका लागि टोली व्यवस्थापक (म्यानेजर) को रूपमा क्यान सदस्य श्रीधर केसी चयन भएका छन् । मुख्य प्रशिक्षक स्टुअर्ट ल भने पासपोर्ट नवीकरणको समस्याका कारण केही दिनपछि मात्र टोलीसँग जोडिने छन्।
नेपाली टोलीले जर्सीको अभ्यास खेलपछि सिधै नेदरल्यान्ड्सतर्फको यात्रा तय गर्ने तालिका रहेको छ।

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×