आपराधिक पृष्ठभूमिका अभिषेक गिरी : व्यवसायीको जग्गा हडप्दै, श्रीमतीको नाममा राख्दै

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २४, बुधबार १५:००

विराटनगर । विराटनगर महानगरपालिका–८ घर भएका आपराधिक पृष्ठभूमिका ‘गुन्डानाइके’ अभिषेक गिरीले निर्माण व्यवसायीलाई विश्वासमा पारेर करोडौं रुपैयाँ बराबरको सम्पत्ति हडपेको खुलासा भएको छ ।

सरकारी ठेक्का मिलाइदिने भन्दै निर्माण व्यवसायीलाई विश्वासमा पारेर सम्पत्ति हडपेको आरोप लागेका गिरी अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को नियन्त्रणमा छन् । उनीमाथि सीआईबीले गहिरो अनुसन्धान गरिरहेको छ । हालसम्मको अनुसन्धानका क्रममा गिरीले विभिन्न ठाउँका जग्गा हडपेर श्रीमती सोनु आचार्यको नामम राखेको पत्ता लागेको छ । सोनुको नाममा पछिल्ला दुई वर्षभित्र काठमाडौं, मोरङ र धनकुटासहित विभिन्न स्थानमा ठूलो मात्रामा जग्गा खरिद गरिएको पनि फेला परेको छ ।

Advertisement

जग्गा खरिद, त्यसको स्रोत लगायतका विवरण प्रहरीले केलाइरहेको छ । सीआईबीले काठमाडौं जिल्ला अदालतबाट गिरीविरुद्ध पक्राउ पुर्जी जारी गराएको थियो । त्यही पक्राउ पुर्जीका आधारमा प्रहरीले उनलाई सोमबार राति काठमाडौं लगेर विस्तृतमा अनुसन्धान गरिरहेको छ ।

मोरङ कारागारका कैदीबन्दीलाई वितरण गरिएको भत्ता असुलेको पत्ता लागेपछि असार १३ गते बिहान गिरी पक्राउ परेका थिए । उनीविरुद्ध मोरङ प्रहरीले आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान गरिरहेको थियो । तर, असार १७ गते उच्च अदालत विराटनगरले उनीमाथिको अनुसन्धान ५ दिनभित्रमा सक्न प्रहरीका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो ।

प्रहरीले भने गिरीलाई संगठिग अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि मोरङ अदालतसँग म्याद मागेको थियो । तर, मोरङ जिल्ला अदालतले गिरीलाई थुनामा राख्ने म्याद दिन अस्वीकार गर्दै उच्चकै आदेश अनुसार गर्नुपर्ने निर्णय सुनायो । जिल्ला अदालतको आदेशबाट थुनामुक्त हुनेबित्तिकै सीआईबीको टोलीले उनलाई सोमबार राति नियन्त्रणमा लिएको थियो । त्यसपछि काठमाडौं जिल्ला अदालतले थप अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न सीआईबीलाई अनुमति दिएको छ ।

प्रहरीका अनुसार हेटौंडास्थित श्रेष्ठ कन्ट्रक्सनका सञ्चालक सुभाष श्रेष्ठले दिएको जाहेरीका आधारमा अनुसन्धान सुरु गरिएको छ । श्रेष्ठले दिएको जाहेरीमा गिरीले आफूलाई प्रभावशाली राजनीतिक नेतृत्वसँग निकट सम्बन्ध भएको व्यक्ति भन्दै हुलाकी सडकअन्तर्गत मोरङको कटहरी–हाटखोला खण्डसहित अन्य सरकारी आयोजना मिलाइदिने आश्वासन दिएको उल्लेख छ । यही विश्वासका आधारमा आफूलाई आर्थिक र व्यावसायिक रूपमा गिरीले ठूलो क्षति पुर्‍याएको श्रेष्ठको दाबी छ ।

गिरीले श्रेष्ठको स्वामित्वमा रहेका एउटा एक्साभेटर र तीनवटा टिपर सम्बन्धित धनीलाई जानकारी नै नदिई कवाडीमा बिक्री गरेको जाहेरीमा उल्लेख छ । त्यस्तै, अन्य निर्माण उपकरण धम्की दिएर आफ्नो नियन्त्रणमा राखेको, खाली चेकमा हस्ताक्षर गर्न बाध्य बनाएको तथा त्यही चेक प्रयोग गरेर उल्टै कानुनी प्रक्रिया अघि बढाएको आरोप पनि श्रेष्ठले लगाएका छन् ।

श्रेष्ठका अनुसार गिरीले करिब पाँच करोड ४५ लाख रुपैयाँ बराबरको चेक बाउन्स गराएका छन् । थप ५० लाख रुपैयाँ जबर्जस्ती असुलेर लगेका थिए । गिरीमाथिको आरोपका बारेमा प्रहरीले विस्तृतमा अनुसन्धान गरिरहेको छ ।

चार करोड रूपैयाँभन्दा बढी मूल्य पर्ने काठमाडौं महानगरपालिका–बुढानीलकण्ठ–७ स्थित २१७.०१ वर्गमिटर क्षेत्रफलको घरजग्गा परिवारलाई ज्यान मार्ने धम्की दिँदै १८ लाख रुपैयाँमा गिरीले श्रीमती सोनु आचार्यको नाममा पास गराएको जाहेरीमा उल्लेख छ । मालपोत अभिलेखअनुसार उक्त घरजग्गा २०८२ साल कार्तिक २८ गते आचार्यको नाममा दर्ता भएको देखिएको प्रहरीले जनाएको छ ।

सीआईबीले संकलन गरेको प्रारम्भिक विवरणअनुसार २०८० देखि २०८२ सालको अवधिमा सोनु आचार्यको नाममा विभिन्न स्थानमा करोडौं मूल्य बराबरको जग्गा खरिद तथा नामसारी गरिएको देखिन्छ । तीमध्ये मोरङको कटहरी गाउँपालिका–४ मा १,८२२.३७ वर्गमिटर, बबियाविर्तामा ४,६५५.५२ वर्गमिटरसहित थप चार कित्ता, विराटनगर महानगरपालिका–६ मा ३३६.६३ वर्गमिटर तथा धनकुटा नगरपालिका–५ मा ५६२.४० वर्गमिटर व्यावसायिक जग्गा रहेको प्रहरीले जनाएको छ ।

केही जग्गा बैंकको लिलामी प्रक्रियामार्फत नामसारी भएको देखिए पनि सम्पत्तिको स्रोत र आर्थिक आधारका बारेमा विस्तृत अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता एवं एसएसपी अनुप शम्शेर जबराले बताए । यससँगै मोरङ प्रहरीले पनि गिरी परिवारसँग सम्बन्धित सम्पत्तिको स्रोतबारे छुट्टै अनुसन्धान अघि बढाएको छ ।

एसएसपी जबराका अनुसार प्रारम्भिक अनुसन्धानमा गिरीले आपराधिक विश्वासघात गरेर अरुको सम्पत्ति हडपेको देखिन्छ । हाल गिरीमाथि ठगी, आपराधिक लाभ तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको उनले बताए । अनुसन्धानका क्रममा प्राप्त हुने प्रमाणका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

यसअघि पनि विभिन्न विवादमा नाम जोडिँदै आएका ४८ वर्षीय गिरीविरुद्धको पछिल्लो अनुसन्धानले उनको सम्पत्ति आर्जनको स्रोत, आर्थिक कारोबार तथा सम्पत्तिको वैधतामाथि थप प्रश्न उठाएको छ । यद्यपि, उनीमाथि लगाइएका आरोपहरू अदालतबाट अन्तिम रूपमा प्रमाणित भइसकेका छैनन् । अनुसन्धान प्रक्रिया जारी छ ।

गिरी लामो समयदेखि ठेक्कापट्टा तथा असुलीमा संलग्न विवादास्पद पात्र हुन् । यसअघि अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्षभन्दा बढी कैद सजाय भुक्तान गरेर छुटेका उनले पुरानो धन्दालाई भने निरन्तरता दिइरहेको पाइएको छ । मोरङ कारागारमा चौकीदारको जिम्मेवारीमा रहँदा कैदीबन्दीलाई चरम यातना दिएर पैसा असुलेका गिरीले जेलबाट छुटेर पनि कारागारमा आफ्नो प्रभाव कायमै राखेको प्रहरीले जनाएको छ ।

उनीमाथि लामो समयदेखि ‘मिटरब्याज’को धन्दासमेत चलाइरहेको आरोप लागेको छ । विराटनगरका उद्योगी, व्यवसायीदेखि सर्वसाधारणसम्मलाई डर, त्रास देखाउँदै धम्की दिएर असुली धन्दामा संलग्न रहेको पाइएको जानकारी प्रहरीले दिएको छ ।

तपाइको प्रतिक्रिया
नुवाकोटबाट फर्किएपछि प्रधानमन्त्रीले भने, ‘सरकार प्रभावित नागरिकसँगै छ’
प्रधानमन्त्रीद्वारा मन्त्रालयका सचिवहरूसँग आपतकालीन छलफल
रसुवा बाढीपीडितका लागि कर्मचारीको तलब कट्टा गरिने, ३६ करोड रुपैयाँ जुट्ने
कांग्रेस १५ औँ महाधिवेशन रोक्न देउवाको माग सर्वोच्चद्वारा अस्वीकार 
कांग्रेस १५ औँ महाधिवेशन रोक्न देउवाको माग सर्वोच्चद्वारा अस्वीकार 
प्रधानमन्त्रीद्वारा मन्त्रालयका सचिवहरूसँग आपतकालीन छलफल
प्रधानमन्त्रीद्वारा मन्त्रालयका सचिवहरूसँग आपतकालीन छलफल
बाढीपीडितको राहतका लागि उद्योग संगठन मोरङको १५ लाख सहयोग
बाढीपीडितको राहतका लागि उद्योग संगठन मोरङको १५ लाख सहयोग
‘व्यक्ति होइन, पार्टी मुख्य कुरा हो’ (भिडियोसहित)
बाढीपीडितका लागि बर्जु गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक र कर्मचारीले एक दिनको तलब दिने
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन
बाढीमा बगेर आएको शवबाट सुनको मुन्द्रा झिक्नेहरू पक्राउ
बाढीमा बगेर आएको शवबाट सुनको मुन्द्रा झिक्नेहरू पक्राउ
भोटेकोशी बाढीः खोटाङका आठ जना सम्पर्कविहीन
भोटेकोशी बाढीः खोटाङका आठ जना सम्पर्कविहीन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×