अतिक्रमणको चपेटामा विराटनगरका ऐतिहासिक पोखरी

Share this
802shares
मुलुकी खबर
एन्जु शिवाकोटी
clock२०८३ असार २५, बिहीबार ०७:३८

विराटनगर । विराटनगर औद्योगिक र राजनीतिक आन्दोलनका कारण मात्र प्रसिद्ध छैन । यो सहरको इतिहास प्राचीन कालसँग पनि जोडिएको छ ।

रैथाने बासिन्दाका अनुसार महाभारतकालीन राजा विराटको दरबार रहेको मानिने वेदियारी र आसपासका क्षेत्रमा पुराना दरबार, मन्दिर तथा ऐतिहासिक पोखरीका अवशेष पाइन्छन् । यही ऐतिहासिक आधारका कारण यस सहरको नाम विराटनगर रहन गएको विश्वास गरिन्छ । तर, अहिले ती ऐतिहासिक पहिचान भएका पोखरीहरू तीव्र सहरीकरण र अतिक्रमणका कारण संकटमा परेका छन् ।

Advertisement

करिब ४० वर्षअघि विराटनगर क्षेत्रमा सरकारी अभिलेखमा साना–ठूला गरी करिब १०० वटा प्राकृतिक तथा मानवनिर्मित पोखरी दर्ता थिए । तर, जग्गाको मूल्य बढ्दै गएपछि प्लटिङ, भवन निर्माण र सडक विस्तारका क्रममा धेरै पोखरी पुरिए । महानगरपालिकाको पछिल्लो तथ्यांकअनुसार अहिले जम्मा २५ देखि ३० वटा पोखरी मात्र बाँकी छन् । बाँकी रहेका धेरै पोखरी पनि फोहोर फाल्ने स्थान बनेका छन् वा अतिक्रमणका कारण साना हुँदै गएका छन् ।

विराटनगरका केही पोखरी ऐतिहासिक र धार्मिक दृष्टिले निकै महत्वपूर्ण मानिन्छन् । सहरको बीचमा रहेको पोखरिया पोखरी सबैभन्दा पुरानो र चर्चित पोखरी हो । यहाँ छठ पर्वसहित विभिन्न धार्मिक र सांस्कृतिक कार्यक्रम हुँदै आएका छन् । त्यस्तै, वेदियारी क्षेत्रमा रहेको राजा पोखरीलाई स्थानीय जनविश्वासले राजा विराटको समयसँग जोड्छ ।

यद्यपि, यसको पुरातात्त्विक पुष्टि हुन बाँकी छ । त्यही क्षेत्रमा रहेको रानी पोखरी पनि स्थानीयका लागि महत्वपूर्ण ऐतिहासिक सम्पदा हो । हात्ती पोखरी राजा विराटका हात्तीलाई पानी खुवाउने र नुहाउने स्थान भएको किंवदन्ती छ । तर, अहिले यसको स्वरूप धेरै परिवर्तन भइसकेको छ । दुध पोखरी पनि धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पोखरीका रूपमा चिनिन्छ ।

नेपालमा स्थानीय सरकार सञ्चालन ऐन–२०७४, वातावरण संरक्षण ऐन–२०७६ र मुलुकी देवानी संहिता–२०७४ ले सार्वजनिक पोखरी र जलाशय संरक्षणको व्यवस्था गरेको छ । तर, कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा कतिपय पोखरी अतिक्रमणमा परेका छन् । केही सार्वजनिक पोखरी विगतमा व्यक्तिको नाममा दर्ता गरिएका उदाहरण पनि भेटिन्छन् ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले ऐतिहासिक पोखरी संरक्षणलाई प्राथमिकतामा राखिएको बताएका छन् । उनका अनुसार पोखरिया, वेदियारीलगायतका पोखरीको पुरानो धार्मिक र ऐतिहासिक स्वरूप जोगाउदै संरक्षण र सौन्दर्यीकरण गरिनेछ । पोखरी संरक्षणका विषयलाई कम ध्यान दिँदै आइएता पनि आगामी दिनमा दीर्घकाली योजनाको लागि महानगरले कदम चाल्ने मेयर कोइरालाले बताए ।

कोशी प्रदेश सरकारले पनि पर्यटन तथा ऐतिहासिक सम्पदा संरक्षणका लागि हरेक वर्ष बजेट छुट्याउँदै आएको छ । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीका अनुसार वेदियारी, राजा पोखरी, रानी पोखरीलगायतका सम्पदाको संरक्षणका लागि महानगरसँग समन्वय गरेर दीर्घकालीन योजना बनाउने तयारी भइरहेको छ ।

विराटनगरका रैथाने बासिन्दा ७१ वर्षीय दिलकुमार राजवंशीका अनुसार पोखरी मासिँदा भूमिगत पानीको सतह घटेको छ । त्यसैले अहिले हिउँदमा ट्युबवेल (हाते कल) सुक्ने तथा वर्षायाममा सामान्य वर्षा हुँदा पनि विराटनगर डुबानमा पर्ने समस्या बढेको छ । पोखरीहरूले पानी जमिनभित्र सोस्न सहयोग गर्ने भएकाले तिनको संरक्षण वातावरणका लागि पनि अत्यन्त आवश्यक रहेको उनले बताए । राजवंशी विगत तीन दशकदेखि ट्युबवेल र मोटर मर्मत गर्दै आएका छन् ।

स्थानीयका अनुसार वेदियारी, पोखरिया र अन्य ऐतिहासिक पोखरी पानीका स्रोत मात्र नभएर विराटनगरको इतिहास, संस्कृति र प्राकृतिक सम्पदाका महत्वपूर्ण चिनारी पनि हुन् । त्यसैले पोखरीहरु जोगाउन स्थानीय सरकार, प्रदेश सरकार र नागरिक सबैको सक्रिय सहभागिता आवश्यक रहेको सरोकारवाला बताउँछन् । प्रभावकारी हिसाबले कानुन कार्यान्वयन, उचित बजेट व्यवस्थापन र जनचेतनाले मात्र ऐतिहासिक सम्पदालाई आगामी पुस्ताका लागि सुरक्षित राख्न सकिने उनीहरुको भनाइ छ ।

तपाइको प्रतिक्रिया
नुवाकोटबाट फर्किएपछि प्रधानमन्त्रीले भने, ‘सरकार प्रभावित नागरिकसँगै छ’
प्रधानमन्त्रीद्वारा मन्त्रालयका सचिवहरूसँग आपतकालीन छलफल
रसुवा बाढीपीडितका लागि कर्मचारीको तलब कट्टा गरिने, ३६ करोड रुपैयाँ जुट्ने
कांग्रेस १५ औँ महाधिवेशन रोक्न देउवाको माग सर्वोच्चद्वारा अस्वीकार 
कांग्रेस १५ औँ महाधिवेशन रोक्न देउवाको माग सर्वोच्चद्वारा अस्वीकार 
प्रधानमन्त्रीद्वारा मन्त्रालयका सचिवहरूसँग आपतकालीन छलफल
प्रधानमन्त्रीद्वारा मन्त्रालयका सचिवहरूसँग आपतकालीन छलफल
बाढीपीडितको राहतका लागि उद्योग संगठन मोरङको १५ लाख सहयोग
बाढीपीडितको राहतका लागि उद्योग संगठन मोरङको १५ लाख सहयोग
‘व्यक्ति होइन, पार्टी मुख्य कुरा हो’ (भिडियोसहित)
बाढीपीडितका लागि बर्जु गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक र कर्मचारीले एक दिनको तलब दिने
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन
बाढीमा बगेर आएको शवबाट सुनको मुन्द्रा झिक्नेहरू पक्राउ
बाढीमा बगेर आएको शवबाट सुनको मुन्द्रा झिक्नेहरू पक्राउ
भोटेकोशी बाढीः खोटाङका आठ जना सम्पर्कविहीन
भोटेकोशी बाढीः खोटाङका आठ जना सम्पर्कविहीन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×