अघोषित लोडसेडिङ र ट्रिपिङले मोरङ–सुनसरीका उद्योग धराशायी

Share this
683shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २५, बिहीबार १४:५१
अघोषित लोडसेडिङ र ट्रिपिङले मोरङ–सुनसरीका उद्योग धराशायी

विराटनगर । नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्तिमा सुधार भएको दाबी गरिरहेका बेला मुलुककै प्रमुख औद्योगिक करिडोर  ‘मोरङ–सुनसरी औद्योगिक क्षेत्र’ मा भने अघोषित लोडसेडिङ र अनियन्त्रित ‘ट्रिपिङ’ले उद्योगहरू धराशायी हुने अवस्थामा पुगेका छन् ।

वर्षायाममा समेत विद्युत् को समस्या झन् बल्झिएपछि मोरङ व्यापार संघले गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल समाधानको माग गरेको छ ।

संघका अध्यक्ष अनुपम राठीले एक विज्ञप्ति जारी गर्दै बिना कुनै पूर्वसूचना दैनिक रूपमा भइरहेको पटक–पटकको ट्रिपिङ, न्यून भोल्टेज र अघोषित लोडसेडिङका कारण औद्योगिक क्षेत्रको उत्पादन चक्र पूर्ण रूपमा प्रभावित भएको बताएका छन् ।

विद्युत् आपूर्तिमा आउने प्राविधिक गडबडी र लापरबाहीका कारण उद्योगहरूमा जडान गरिएका करोडौं मूल्यका अत्याधुनिक मेसिनरी, पार्टपुर्जा, इलेक्ट्रोनिक प्यानल र सफ्टवेयर प्रणालीमा ठुलो क्षति पुगिरहेको छ । विशेषगरी प्लास्टिक, स्टिल, सिमेन्ट, खाद्य र रासायनिक पदार्थ उत्पादन गर्ने उद्योगहरूमा प्रक्रियागत उत्पादन भइरहेका बेला अचानक लाइन काटिँदा मेसिनभित्रै कच्चा पदार्थ जमेर नष्ट हुने, डढ्ने र करोडौँको उत्पादन खेर जाने गरेको विज्ञप्तिमा उल्लेख छ ।

विद्युत् आपूर्ति अनियमित हुँदा उद्योगमा कार्यरत हजारौं श्रमिकहरू घण्टौंसम्म कामविहीन भएर बस्नुपर्ने बाध्यता छ । काम नभए पनि श्रमिकको पारिश्रमिक र सञ्चालन खर्च यथावत् रहने हुँदा नेपाली उत्पादनको लागत बढेको छ । यसले गर्दा स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने क्षमता गुम्दै गएको र आयातित वस्तुले बजार ओगट्ने जोखिम बढेको उद्योगीहरूको ठहर छ ।

देशको अर्थतन्त्रको मेरुदण्ड मानिने औद्योगिक क्षेत्रलाई बिना कुनै पूर्वसूचना अन्धकारमा राख्नु र उद्योगीका समस्यालाई बेवास्ता गरिनु ‘विडम्बनापूर्ण’ भएको संघले जनाएको छ । यस्तो गैरजिम्मेवारपूर्ण रवैयाले उद्योगीहरूमा चरम निराशा पैदा गरेको अध्यक्ष राठीले बताए ।

मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा भइरहेको अघोषित लोडसेडिङ र ट्रिपिङको समस्या तत्काल अन्त्य गर्नुपर्ने, प्राविधिक कारणले विद्युत् काट्नुपर्ने अवस्था आएमा सम्बन्धित उद्योग र संघलाई अनिवार्य रूपमा पूर्वसूचना उपलब्ध गराउनु पर्ने र स्वदेशी उद्योगको संरक्षणका लागि विद्युत् प्राधिकरण, उच्च निकायहरू गम्भीर र सक्रिय हुनुपर्ने उनीहरूले माग राखेका छन् ।

विद्युत् समस्या समाधान नभए उद्योगहरू बन्द गर्नुपर्ने स्थिति आउन सक्ने चेतावनी दिँदै संघले सरकार र सम्बन्धित निकाय गम्भीर हुनुपर्ने बताएको छ ।

 

तपाइको प्रतिक्रिया
जनताका प्रश्नको जवाफ दिन नसक्नु आत्मसमीक्षाको विषय हो: महामन्त्री घिमिरे
कांग्रेस महाधिवेशनमा दाहाल, रवि, भट्टराईसहित शीर्ष नेताको जमघट
कांग्रेस महाधिवेशनमा दाहाल, रवि, भट्टराईसहित शीर्ष नेताको जमघट
गगन थापाले गरे कांग्रेसको १५ औँ महाधिवेशन उद्घाटन
गगन थापाले गरे कांग्रेसको १५ औँ महाधिवेशन उद्घाटन
पूर्णबहादुर खड्काको फेसबुक अकाउन्ट ह्याक
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
जितियाको निराहार व्रत तोड्दै महिलाले गरे पर्व समापन
अपहरणमा संलग्न युवक प्रहरीमाथि जाइलागेपछि गोली चलाइयो
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
मोरङमा ४६ सय संस्थाको अभिलेख खोतल्दै प्रशासन, नयाँ दर्ता पनि रोकियो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×