विराट मेडिकल कलेजमा अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २८, आइतबार १८:४४
विराट मेडिकल कलेजमा अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन

विराटनगर । मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटल (बीएमसीटीएच) मा  ‘नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन’ सम्पन्न भएको छ ।

हस्पिटलको न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभागद्वारा आयोजित  एक दिने सम्मेलनको नारा  ‘इमेजिङ टुडे, इम्प्याक्टिङ टुमरो’ (आजको इमेजिङ, भोलिको प्रभाव) रहेको थियो । सम्मेलनमा क्यान्सर उपचारमा प्रयोग हुने अत्याधुनिक प्रविधि, रेडियोआइसोटोप थेरापी, र मोलिक्युलर इमेजिङका पछिल्ला उपलब्धिबारे गहन मन्थन गरिएको थियो ।

सम्मेलनमा छिमेकी मुलुक बंगलादेश र भारतका ख्यातिप्राप्त विशेषज्ञहरूको सहभागिता रहेको थियो । बंगलादेशबाट प्रा.डा. मिजानुल हसन, डा. मोल्ला अब्दुल वहम, प्रा.डा. सनोवार हुसेन, प्रा.डा. फारिया नर्सिन र प्रा.डा. जास्मिन आरा हकले आफ्ना अनुभव साटेका थिए । त्यस्तै, भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट (आरजीसीआईआरसी) बाट प्रा.डा. मनोज गुप्ताले विशेष कार्यपत्र प्रस्तुत गरेका थिए ।
नेपालको तर्फबाट डा. अमरदीप चौधरी, डा. सुमन श्रेष्ठ, डा. सागर महर्जन र डा. सुधीर केसीले नेपालमा न्यूक्लियर मेडिसिनको अवस्था र भविष्यबारे महत्त्वपूर्ण प्रस्तुति दिएका थिए । देशभरका काठमाडौं, पोखरा, चितवन, झापा र सुनसरी लगायतका जिल्लाबाट ३ सयभन्दा बढी चिकित्सक र स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो ।

सोही अवसरमा हस्पिटलमा  ‘न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभाग’ र  ‘न्युरो साइन्स विभाग’ का लागि निर्माण गरिएको छुट्टै सुविधा सम्पन्न भवनको समेत उद्घाटन गरिएको थियो । पूर्वी नेपालमै पहिलो पटक न्यूक्लियर मेडिसिन विभाग स्थापना गरेको विराटले पेटभित्र फैलिने क्यान्सरको अत्याधुनिक उपचार ‘हाइपेक’ सेवा समेत सुरु गरिसकेको छ ।

यो चिकित्सा विज्ञानको यस्तो आधुनिक विधा हो, जसमा रेडियोएक्टिभ पदार्थको प्रयोग गरी शरीरका भित्री अंगहरूको सूक्ष्म कार्य प्रणाली जाँचिन्छ । यस प्रविधिबाट क्यान्सरको प्रारम्भिक पहिचान, मुटुको रक्त प्रवाह, हड्डीका रोग र थाइरोइडको सटीक निदान र उपचार सम्भव हुन्छ ।

सम्मेलनले पूर्वी नेपालको स्वास्थ्य सेवालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याएको विश्वास लिइएको छ । विराट मेडिकल कलेजका अनुसार, यस्ता अत्याधुनिक सेवा र अन्तर्राष्ट्रिय विशेषज्ञहरूसँगको सहकार्यले जटिल रोगका बिरामीलाई उपचारका लागि काठमाडौं वा भारत जानुपर्ने बाध्यता अन्त्य गर्नेछ ।

हाल हस्पिटलले रेडियोएक्टिभ आयोडिनमार्फत थाइरोइड क्यान्सरको उपचार, हड्डीको दुखाइ कम गर्ने रेडियोन्यूक्लाइड थेरापी, र न्यूरोएन्डोक्राइन ट्युमरको लक्षित उपचार जस्ता विश्व स्तरीय सेवाहरू प्रदान गर्दै आएको छ ।

यस ऐतिहासिक सम्मेलनले नेपालको स्वास्थ्य पर्यटनमा टेवा पुर्‍याउने र आगामी दिनमा जटिल रोगको व्यवस्थापनमा ठुलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
नेकपा तेह्रथुमको एकता बैठकबाट २१५ सदस्यीय कमिटी घोषणा
विराट मेडिकल कलेजमा अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन
विराट मेडिकल कलेजमा अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन
बूढानीलकण्ठमा सभापति र प्रधानमन्त्रीबीच ४ घण्टा वान टु वान छलफल
आफैंलाई आगो लगाएका गणेश नेपालको मृत्यु
सरकार र गणेश नेपालीकाे परिवारबीच ९ बुँदे सहमति
पशु हाटकाे खाल्डाेमा डुबेर एकै परिवारका तीन जनाकाे मृत्यु
पौडी खेल्ने क्रममा बालकको डुबेर मृत्यु
औषधि विज्ञानमा ‘एमफार्म’ कार्यक्रम सञ्चालन गर्दै मनमोहन प्राविधिक विश्वविद्यालय
औषधि विज्ञानमा ‘एमफार्म’ कार्यक्रम सञ्चालन गर्दै मनमोहन प्राविधिक विश्वविद्यालय
कलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया
कलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया
विराटनगरमा प्रदर्शनी स्थल र अमडुवामा औद्योगिक ग्राम बनाउन दौडधुप 
विराटनगरमा प्रदर्शनी स्थल र अमडुवामा औद्योगिक ग्राम बनाउन दौडधुप 
विमानस्थलमा पक्राउ परेका प्रसाईंलाई प्रहरीले घर पुर्याएर छाड्याे
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.