
अँध्यारोमा हराउने छायालाई आफ्नो साथी भनूँ कसरी ।
माटोलाई दुख्दा नरुने मुटुलाई नेपाली छाती भनूँ कसरी ।
तिर्खा लाग्दा कोशी दियौ, तराई बनी भोक खोसी दियौ ,
मिहेनत नै नगरी भाग्यलाई कर्म भन्दा माथि भनूँ कसरी ।
हिमाल जस्तै अटल, पहाड जस्तै अचल बन्न सिकायौ ,
जसले मलाई भाषा दियो उसैलाई नाना भाँती भनूँ कसरी ।
भोलि म मर्दा यहाँ मलामी आउने मेरै आफ्नाहरू हुन् ,
चित्त देखाउँदैमा आफन्तभन्दा पराई जाती भनूँ कसरी ।

























