विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीले गर्यो उद्धार

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ६, बुधबार १८:५२

विराटनगर । विराटनगरमा एक युवकले बुधबार अपरान्ह आत्मदाहको प्रयास गरेका छन् । आत्मदाहको प्रयास गरेका युवकलाई प्रहरीले सकुशल उद्धार गरेको छ ।

सप्तरीको तिलाडी–कोइलाडी गाउँपालिका–१ घर भइ विराटनगर महानगरपालिका–१३ मा डेरा बस्दै आएका ३५ वर्षीय सञ्जीव झालाई उद्धार गरिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । उनका अनुसार झा विराटनगर–१३ स्थित नरेश खरेलको घरमा डेरा बस्दै आएको पाइएको छ ।

Advertisement

पत्नीसँगको झगडापछि शरीरमा पेट्रोल छर्किएर झाले आत्मदाहको प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘शरीरमा पेट्रोल छर्किएर सलाईले आफैंलाई आगो लगाउने प्रयास गरेको पाइयो । तत्काल प्रहरी पुगेर उद्धार गरेका कारण अप्रिय घटना भने हुन पाएन,’ एसपी कटवालले भने ।

उनका अनुसार झाको गोजीमा आफैंलाई आगो लगाउन ठिक्क पारेको सलाईसमेत फेला परेको छ । झाले पत्नीसँगको झगडापछि पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेको जानकारी प्रहरीले बुधबार अपरान्ह ४ः३० बजेतिर प्राप्त गरेको थियो ।

घटनाको जानकारी पाउनसाथ वडा प्रहरी कार्यालय विराटनगरबाट तत्काल खटिएको प्रहरी टोलीले उनलाई सकुशल उद्धार गरेको हो । उद्धार गरिएका झालाई वडा प्रहरी कार्यालयमा राखेर घटनाका बारेमा थप बुझ्ने काम भइरहेको एसपी कटवालले बताए ।

परिवार विराटनगरमा बसे पनि झा भने भारतमा बसेर काम गर्ने गरेको पाइएको छ । झा ४ दिनअघि मात्रै विराटनगर फर्किएको पाइएको छ । विगतमा पनि परिवारसँग झैझगडा गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनका पत्नी र दुई सन्तान छन् ।

तपाइको प्रतिक्रिया
हुलाकी सडकको खाल्डाखुल्डीमा छटपटाउँदै बित्याे सतलालको जीवन
नेपाली कांग्रेसको संस्थापन इतर पक्षकाे राष्ट्रिय भेला घोषणा
मोरङको उर्लाबारीमा दुई वर्षअघि छोरी बलात्कृत, बल्ल पक्राउ परे बाबु
कोशीमा नयाँ सत्ता समीकरणको रस्साकस्सी : एमालेसँग सहकार्य नजिकिएसँगै नेकपाले माग्यो मुख्यमन्त्री
अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ, करिब २ करोडको कारोबार
मोरङ कटहरीकी रीता सोनार पक्राउ
विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीले गर्यो उद्धार
अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ, करिब २ करोडको कारोबार
मोरङमा सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
दुर्घटनाका घाइते सञ्चारकर्मीलाई नयन मिडिया फाउन्डेसनद्वारा बिमा रकम हस्तान्तरण
मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक
निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर फिर्ता
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×