
विराटनगर । नेपाली बजारमा मंगलबार (आज) पनि सुनचाँदीको घटेको छ । बजारमा सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला ४ हजार ३ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला १ सय ३५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार २ सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार बजारमा चाँदी प्रतितोला ४ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।



















