घट्यो नेप्से, परिसूचक २६८८ अंकमा झर्‍यो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १३, बुधबार १५:१८

काठमाडौं । अघिल्लो दिन ४.६४ अंकले घटेको सेयर बजार परिसूचक नेप्सेमा बुधबार पनि गिरावट आएको छ । ७.७९ अंकको गिरावटसँगै नेप्से परिसूचक २६८८ अंकमा झरेको छ । बजारमा लगातार तेस्रो दिन पनि ओरालो यात्रा जारी रहेको हो ।

कारोबारका क्रममा दिउँसो १२:४० बजे नेप्से दिनभरिकै उच्च विन्दु २७०६ अंकसम्म पुगेको थियो । तर त्यसपछि ओरालो लागेको बजार अन्तिम समयसम्म कायम रह्यो । अघिल्लो दिन ४ अर्ब ४२ करोड रूपैयाँको कारोबार भएकोमा बुधबार कारोबार रकम घटेर ४ अर्ब २ करोडमा सीमित भएको छ ।

Advertisement

यस दिन ७८ कम्पनीको सेयर मूल्य बढ्दा १८६ कम्पनीको घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ । सबै समूहगत सूचकमा १ प्रतिशतभन्दा कमको उतारचढाव देखिएको छ । अन्य समूह ०.४३ प्रतिशतले बढ्दा बाँकी सबै उपसूचक घटेका छन् ।

बैंकिङ ०.२७, विकास बैंक ०.४२, फाइनान्स ०.५७, होटल तथा पर्यटन ०.५२, जलविद्युत् ०.३९, लगानी ०.२४, जीवन बीमा ०.१९, उत्पादन तथा प्रशोधन ०.५५, माइक्रोफाइनान्स ०.६०, निर्जीवन बीमा ०.५७ र व्यापार समूह ०.०१ प्रतिशतले घटे ।

नेप्सेमा सूचीकृत भएपछि एभरेस्ट कलरको सेयर मूल्य १५ प्रतिशतले बढ्ने क्रम बुधबार पनि कायम रह्यो । स्नो रिभर्सको ४.९०, खानीखोला हाइड्रोपावरको ३.६२, हिमालयन पावर पार्टनरको ३.३५ र मेन्छियाम हाइड्रोपावरको २.२४ प्रतिशतले मूल्य बढेको छ ।

मातृभूमि लघुवित्तको ४.५४, कर्पोरेट डेभलपमेन्ट बैंकको ४.४२ र शुभम् पावरको सेयर मूल्य ४.२६ प्रतिशतले घट्यो ।कारोबार रकमका आधारमा हिमालयन पावर पार्टनर, खानीखोला हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्स र रिडी पावर अगाडि रहे ।

तपाइको प्रतिक्रिया
९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति, विदेशी विनिमय कसुर अनुसन्धानमा नयाँ व्यवस्था
देवानगन्ज गोलीकाण्डको असर अदालतसम्म
मिर्गौला फेल भएकी भुटानी शरणार्थीको उपचारका लागि बाटो फुकाउन सर्वोच्चको आदेश
सुनसरीको हरिनगरामा प्रहरीको गाडीमा आक्रमण
प्रमुख निर्वाचन आयुक्तमा कार्की, आयुक्तहरूमा वाग्ले तथा सुब्बा सर्वसम्मत अनुमोदन
सवारी साधनको दर्ता वर्षका आधारमा जाँचिनेछ सवारी प्रदूषण
नेपालमा बाघको संख्या बढेर ४२९ पुग्यो
सामाजिक सद्भाव र शान्ति सुरक्षा कायम राख्न अपिल
देवानगन्ज घटनाका मृतक परिवारलाई २ लाख दिने कोशी सरकारको निर्णय
बनारसको सम्पूर्णानन्द विश्वविद्यालयमा सापकोटालाई २ स्वर्णपदक
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×