सुन तोलामा एक हजार रुपैयाँले बढ्यो, चाँदीको मूल्य घट्यो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १५, शुक्रबार ११:२७

काठमाडौं। नेपाली बजारमा आज (शुक्रबार) पनि सुनको मूल्य बढेको छ । बिहीबार प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ४४ हजार ३ सय ४० रुपैयाँ तोकिएको छ ।

Advertisement

आज चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँले घटेर प्रतितोला ४ हजार ३ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको मूल्य ३ हजार ७ सय ३८ रुपैयाँ तोकिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×