एकसाथ आयो दुई नयाँ म्युजिक भिडियो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १७, आइतबार १२:५९

इलाम । एचकेआर प्रोडक्सन हाउसको आयोजनामा दुई वटा नयाँ म्युजिक भिडियोको औपचारिक विमोचन गरिएको छ । विमोचन गरिएका म्युजिक भिडियोमध्ये ‘तिर्खाले खोली धाएको’ बोलको गीतमार्फत अंकिता अधिकारीले अभिनय क्षेत्रमा डेब्यु गरिन् ।

यस गीतमा डिपी खनालको शब्द, शंकर थापा ‘स्माइल’को संगीत तथा सोनिया गोङ्बा र सन्तोष राईको स्वर छ । त्यसैगरी ‘यो आँखाले’ बोलको म्युजिक भिडियोमार्फत सिक्कुमा लिम्बूले पनि अभिनय क्षेत्रमा डेब्यु गरिन् ।

Advertisement

दुवै म्युजिक भिडियोमा चर्चित कलाकार मुकेश गुरुङको अभिनय छ । कार्यक्रमको प्रमुख अतिथिका रूपमा सूर्योदय नगरपालिका–९ का वडाध्यक्ष देवेन्द्र शर्मा उपस्थित थिए । उनले दुवै म्युजिक भिडियोको औपचारिक विमोचन गरे ।

आयोजकका अनुसार यी दुवै म्युजिक भिडियो छिट्टै दुई फरक युट्युब च्यानलमार्फत सार्वजनिक गरिनेछ । भिडियो सार्वजनिक भएपछि हेरेर, सेयर गरी तथा आफ्नो प्रतिक्रिया दिएर कलाकार र निर्माण टिमलाई हौसला प्रदान गरिदिन आयोजकले सबै दर्शक तथा शुभेच्छुकहरूसँग अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया
उदयपुरमा पोखरीमा डुबेर बेपत्ता भएकी बालिका मृत फेला
उदयपुरमा पोखरीमा डुबेर बेपत्ता भएकी बालिका मृत फेला
नेपाल बारले सुरु गर्‍यो देवानगन्ज घटनाको स्थलगत अध्ययन
 राष्ट्र बैंकको अध्ययन: कोशी प्रदेशमा स्टार्टअप उद्यम फस्टाउँदै
नीतिगत अस्थिरता : सेयर, कर्जा र आयातमा गिरावट आउने राष्ट्र बैंकको निष्कर्ष
अनुदान कटौती र भण्डारण अभावले संकटमा मोरङको जुट खेती
देवानगन्जमा घाँस काट्न गएकी महिलालाई ढुंगाले लाग्यो, तनावको सम्भावनासँगै बढाइयो सुरक्षा सतर्कता
कोशीमा मुख्यमन्त्री कार्कीलाई फेर्ने कसरत
थाइल्यान्डबाट तस्करी गरी ल्याइएको ११ केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
थाइल्यान्डबाट तस्करी गरी ल्याइएको गाँजासहित तीन भारतीय नागरिक पक्राउ
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हटाइ निषेधाज्ञा लागू
एफएनजे ग्लोबल मिडिया सम्मेलन टोकियो: ९ बुँदे  घोषणापत्र जारी
सयभन्दा बढी नक्कली उत्पादन कारबाही प्रक्रियामा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.