
विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका चार वटा गाउँपालिका क्षेत्रमा आइतबार साँझदेखि पुनः निषेधाज्ञा जारी गरेको छ । शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै प्रशासनले देवानगन्ज, हरिनगर, कोशी र भोक्राहा नरसिंह गाउँपालिकामा निषेधाज्ञा लगाएको हो ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचना अनुसार आइतबार (आज) साँझ ७ बजेदेखि सोमबार (भोलि) बिहान १० बजेसम्मका लागि यी चार वटै गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागू हुनेछ ।
यद्यपि, सम्भावित सुरक्षा चुनौती र सामाजिक सद्भावलाई थप मजबुत बनाउन सावधानी स्वरूप प्रशासनले निश्चित समयका लागि पुनः निषेधाज्ञा जारी गरेको जनाएको छ । निषेधाज्ञाको समयमा अत्यावश्यक कामबाहेक हिँडडुल गर्न र सभा–जुलुस गर्न पाइने छैन।


























