मुन्दडा निवासमा प्रहरी छापाप्रति परिसंघको आपत्ति

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १८, सोमबार १७:३८

विराटनगर। नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशले उद्योगी एवं परिसंघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाको निवास र कार्यालयमा प्रहरीले गरेको छापाप्रति कडा आपत्ति जनाएको छ। परिसंघले सोमबार विज्ञप्ति जारी गर्दै बिहानै ठूलो संख्यामा प्रहरी परिचालन गरी साढे पाँच घण्टासम्म गरिएको खानतलासीको भर्त्सना गरेको छ।

परिसंघका अध्यक्ष पवन कुमार सारडाले जारी गरेको विज्ञप्तिमा बिहानै घर घेराबन्दी गरी परिवार र ज्येष्ठ नागरिकलाई मानसिक दबाबमा राखिएको भन्दै यसले उद्योगी व्यवसायीको मनोबलमा गम्भीर चोट पुर्‍याएको उल्लेख छ। अनुसन्धान गर्दा मौलिक हक, गोपनीयता र मानवीय मर्यादाको संरक्षण हुनुपर्नेमा जोड दिँदै परिसंघले कुन कानुनी आधार र सूचनाका आधारमा छापा मारिएको हो तथा त्यसबाट के फेला पर्यो भन्ने स्पष्ट पार्न सरकारसँग माग गरेको छ।

आर्थिक मन्दी र लगानी संकुचनका बेला उद्योगीलाई आतङ्कित बनाउँदा लगानीको वातावरण बिग्रने र स्वदेशी तथा विदेशी लगानी निरुत्साहित हुने परिसंघको भनाइ छ। निजी क्षेत्रलाई राष्ट्र निर्माणको साझेदारका रूपमा सम्मान गर्न आग्रह गर्दै परिसंघले यस्ता गतिविधिबाट सिर्जना हुने अन्योलको जिम्मेवार सरकार नै हुने चेतावनी दिएको छ। परिसंघले विधिको शासनप्रति प्रतिबद्ध रहेको तर अनुसन्धानका नाममा लगानीकर्ताको आत्मसम्मानमा क्षति पुर्‍याउन नहुने स्पष्ट पारेको छ।

तपाइको प्रतिक्रिया
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
जितियाको निराहार व्रत तोड्दै महिलाले गरे पर्व समापन
अपहरणमा संलग्न युवक प्रहरीमाथि जाइलागेपछि गोली चलाइयो
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
मोरङमा ४६ सय संस्थाको अभिलेख खोतल्दै प्रशासन, नयाँ दर्ता पनि रोकियो
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड
कांग्रेसको सहमहामन्त्रीमा तीन महिला नेतृको उम्मेदवारी घोषणा
भोजपुरमा साकेवाथान निर्माण: किराँत संस्कृति र परम्परा नयाँ पुस्तामा पुस्तान्तरण गरिँदै
भोजपुरमा साकेवाथान निर्माण: किराँत संस्कृति र परम्परा नयाँ पुस्तामा पुस्तान्तरण गरिँदै
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×