
इलाम । इलामका चर्चित कलाकार मुकेश गुरुङ र डेब्यु कलाकार अंकिता अधिकारीको अभिनय रहेको नयाँ गीत ‘तिर्खाले खोली धाएको बोल’ सार्वजनिक भएको छ।
गीतमा डीपी खनालको शब्द, शंकर थापा ‘स्माइल’को संगीत, सोनिया गोङ्बा र सन्तोष राईको स्वर छ। म्युजिक भिडियोको निर्देशन हिकास राईले गरेका हुन्।
भिडियोमा गाउँघरको मौलिक जीवनशैली, रहनसहन, संस्कृति तथा प्राकृतिक सौन्दर्यलाई आकर्षक ढङ्गले प्रस्तुत गरिएको छ। कलाकारको अभिनय र दृश्य संयोजनले गीतलाई थप जीवन्त बनाएको छ।
उक्त म्युजिक भिडियो डस म्युजिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। नयाँ स्वाद र मौलिक प्रस्तुतिका कारण गीतले दर्शक–श्रोतामाझ राम्रो प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ।



















