प्रदेशहरूमा रेबिज विरुद्धको खोप वितरण सुरु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २०, बुधबार १७:३२

काठमाडौं । स्वास्थ्य सेवा विभागले सबै प्रदेशमा रेबिज विरुद्धको भ्याक्सिन वितरण सुरु गरेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नियमित खरिद प्रक्रियाबाट प्राप्त खोपको पहिलो खेप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रहरूमा पठाउन थालेको हो।

महाशाखाका अनुसार प्राप्त खोपलाई आवश्यकताका आधारमा प्रदेशहरूबाट स्थानीय स्वास्थ्य संस्थासम्म पुर्‍याउने व्यवस्था मिलाइएको छ। खोपको अभाव हुन नदिन र शीघ्र आपूर्ति गराउन प्रदेश केन्द्रहरूसँग निरन्तर समन्वय भइरहेको महाशाखाले जनाएको छ।

Advertisement

रेबिज रोगको लक्षण देखिएपछि उपचार सम्भव नहुने र मृत्युदर करिब १०० प्रतिशत हुने भएकाले समयमै खोप लगाएर सावधानी अपनाउन स्वास्थ्य अधिकारीहरूले आग्रह गरेका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.