उर्लाबारीको सामुदायिक वनबाट दुई थान भरुवा बन्दुक बरामद

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २०, बुधबार १६:१७

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका–३ स्थित कोइली सामुदायिक वन क्षेत्रबाट प्रहरीले दुई थान भरुवा बन्दुक बरामद गरेको छ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको गस्ती टोलीले मंगललवार बिहान ११ः४५ बजे प्लास्टिकको बोरामा लुकाइराखिएको अवस्थामा हतियार फेला पारेको हो।

Advertisement

वन क्षेत्रमा प्रहरीको गस्ती टोलीलाई देख्नासाथ चोरी सिकारीमा संलग्न व्यक्ति प्लास्टिकको बोरा फालेर फरार भएका थिए। उक्त बोरा खोलेर हेर्दा भित्र लुकाइछिपाइ राखिएको दुई थान भरुवा बन्दुक र त्यसमा प्रयोग हुने गोलीजस्तो देखिने दुई थान फलामका टुक्रा फेला परेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए।

बरामद गरिएको हतियार इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको छ। फरार व्यक्तिको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.