कोशी प्रदेशमा पहिलो पटक ‘हिकभिजन एक्स्पो’ हुँदै 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २५, सोमबार १७:३९
कोशी प्रदेशमा पहिलो पटक ‘हिकभिजन एक्स्पो’ हुँदै 

विराटनगर । सुरक्षा प्रविधिको क्षेत्रमा विश्वकै अग्रणी ब्रान्ड हिकभिजनले कोशी प्रदेशमा पहिलो पटक ‘हिकभिजन एक्सपेरियन्स एक्स्पो २०२६’ को आयोजना गर्ने भएको छ ।

आर्टिफिसिएल इन्टेलिजेन्ससहित सुरक्षा प्रणालीको क्षेत्रमा काम गरिरहेको हिकभिजनले मोरङको विराट चोकस्थित नेपालरिका होटेलमा साउन ३१ गते एक्स्पो आयोजना गर्न लागेको हो ।

Advertisement

एक्स्पोमा हिकभिजनका नयाँ उत्पादन र प्रविधिलाई प्रदर्शनीमा राखिने नेपालको आधिकारिक वितरक म्याक्सीमा मल्टी नेशनल ट्रेडिङका प्रमुख मनिकुमार तामाङले जानकारी दिए ।

उनका अनुसार एक्सपोमा घरेलु तथा साना व्यवसायको सुरक्षा प्रणाली, एकीकृत ट्राफिक व्यवस्थापन, प्रोफेसनल अडियो सोलुसन, डिस्प्ले एडभरटाइजिङ तथा एजुकेसन, सोलुसन, अलराम सेक्युरिटी सिस्टम, ताररहित घर सुरक्षा प्रविधि र  नवीनतम उत्पादनका ८ वटा स्टलहरू रहने छन् ।  एक्स्पोमा पछिल्लो समय देखिएका सुरक्षा चुनौतीहरूलाई प्रविधिले कसरी सहज बनाउँछ भन्ने विषयमा विज्ञहरूले जानकारी दिनेछन् ।

कोशी प्रदेशमा पहिलो पटक हुन लागेको एक्स्पोको व्यवस्थापन विराटनगरका लागि आधिकारिक बिक्रेता एल्पनाइन टेक्नोलोजी, प्यारागन आइटी सोलुसन इटहरी, आरएस कम्प्युटर दमक र तेजस्वी कम्प्युटर सपोर्ट बिर्तामोडले गरिरहेका छन् ।

एक्स्पोले व्यावसायिक र घरेलु सुरक्षा प्रणालीलाई थप प्रविधिमैत्री बनाउनका लागि सहयोग गर्ने एल्पनाइन टेक्नोलोजीका सञ्चालक सुरज ढुंगानाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
मन्त्री बन्ने दौडमा म छैन: इन्द्रबहादुर आङ्बो
इलामका युवकको मलेसियामा मृत्यु, शव ल्याउने तयारी
पुष्पलाल स्मृति ब्याडमिन्टन: कोर्टमा प्रिन्स दाहालको अप्रत्याशित हार
पुष्पलाल स्मृति ब्याडमिन्टन: कोर्टमा प्रिन्स दाहालको अप्रत्याशित हार
जग्गाको कारोबारमा सहजीकरण गर्न माग
महँगी, ग्यास अभाव र मल संकटबारे कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण
कोशीमा नयाँ सरकारबारे छलफलः नीति र कार्यक्रममा सहमति, मन्त्रालय भागबण्डा अझै पेचिलो
अभिषेक गिरी र जाहेरवालाबीच सहमति : ८४ लाखको हिसाब, २० लाखमै मिलापत्र
विराटनगर बास्केटबल कपको तयारी पूरा
विराटनगर बास्केटबल कपको तयारी पूरा
एसीसी प्रिमियर कपका लागि सन्दीपको कप्तानीमा १४ सदस्यीय टोली घोषणा
उपभोक्ता ठगी गर्ने कोशी ग्याससहित दुई फर्मलाई कारबाही
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.