मन्त्री बन्ने दौडमा म छैन: इन्द्रबहादुर आङ्बो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २५, सोमबार २०:०१

विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफू सरकारमा मन्त्री बन्ने दौडमा नरहेको स्पष्ट पारेका छन्।

आङ्बोले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू मन्त्री बन्ने दौडमा नरहेको र यसबारे चर्चा नगर्न आग्रह गरे। उनले शुभेच्छुकहरूप्रति धन्यवाद ज्ञापन गर्दै सरकारमा नजाने मनसाय सार्वजनिक गरेका हुन्। यसअघि इन्चार्ज राजेन्द्र राईले आङ्बो आफैँले मन्त्री हुने इच्छा नदेखाए पनि पार्टी र संसदीय दलको निर्णय अनुसार उनले नै सरकारको नेतृत्व गर्नुपर्ने अवस्था आउन सक्ने बताएका थिए।

Advertisement

नेकपाभित्र मन्त्री बन्नका लागि अन्य सांसदहरूको दौडधुप भने तीव्र बनेको छ। पार्टीका तर्फबाट सरकारमा जान सांसदहरू जीवन आचार्य, दुर्गाप्रसाद चापागाईं, गणेश उप्रेती, बाबुराम गौतमलगायतले तीव्र लबिङ गरिरहेका छन्। इन्चार्ज राईले मन्त्री चयन नेताहरूको व्यक्तिगत रोजाइका आधारमा मात्र नभई संसदीय दल र पार्टीको मापदण्डका आधारमा हुने स्पष्ट पारे।

सत्ता साझेदार नेकपा एमाले र नेकपाबिच सोमबार मुख्यमन्त्री निवासमा भएको छलफलमा भने मन्त्रालय भागबन्डामा कुरा मिल्न बाँकी छ। नेकपाले ४ वटा मन्त्रालय दाबी गरे पनि एमालेले ३ वटा मात्र दिन सकिने अडान राखेको छ। यसबारे मङ्गलबार दुवै दलका संसदीय दलका नेताहरू बसेर अन्तिम टुङ्गो लगाउने सहमति भएको छ।

मन्त्रालयको सङ्ख्यामा सहमति नजुटिए पनि अन्य विषयमा भने सहमति बनेको छ। आङ्बोको संयोजकत्वमा ५ सदस्यीय न्यूनतम साझा कार्यक्रम तर्जुमा कार्यदल गठन गर्ने, बजेट पुनरावलोकन गर्ने, अड्किएका विधेयकहरू पारित गर्ने र प्रदेश नामकरणका विषयमा शीर्ष नेताहरूसँग छलफल अघि बढाउने निर्णय दुवै दलले गरेका छन्।

तपाइको प्रतिक्रिया
पुष्पलाल स्मृति ब्याडमिन्टन: कबिर र सुहम अन्तिम ३२ मा
पुष्पलाल स्मृति ब्याडमिन्टन: कबिर र सुहम अन्तिम ३२ मा
विराटनगरमा विद्यालय स्तरीय क्रिकसल प्रतियोगिता हुँदै 
विराटनगरमा विद्यालय स्तरीय क्रिकसल प्रतियोगिता हुँदै 
रतुवामाईमा सर्पको टोकाइबाट महिलाको मृत्यु
सुनबर्षीमा महिला मृत फेला
कप्तानगन्ज घटनाको छानबिनमा न्यायिक आयोग गठन गर्न कांग्रेसको माग
प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँटका लागि एमाले र नेकपाको ५ बुँदे निर्देशन
लाइसेन्समा नयाँ अनलाइन प्रणाली, राष्ट्रिय परिचयपत्र र आफ्नै मोबाइल नम्बर अनिवार्य
पूर्वप्रधानमन्त्री नेपालविरुद्धको जग्गा हिनामिना मुद्दामा साक्षी बकपत्र गराउन आदेश
व्यवसायी शेखर गोल्छासँग विशेष अदालतद्वारा एक करोड धरौटी माग
सुनसरी र सिराहाका चार जनालाई शहीद घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.