महाधिवेशनसम्बन्धी गतिविधि रोक्न निर्वाचन आयोग र कांग्रेसलाई इतर समूहको पत्राचार

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २६, मंगलबार १५:४३
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले महाधिवेशनसम्बन्धी गतिविधि अघि नबढाउन आग्रह गर्दै निर्वाचन आयोग र पार्टी केन्द्रीय कार्यालयलाई पत्राचार गरेको छ। इतर समूहको राष्ट्रिय भेला मूल आयोजक समितिका संयोजक डा. शशाङ्क कोइरालाले मंगललबार दुवै निकायमा पत्राचार गरेका हुन्।कांग्रेस नेता दीपक खड्काका अनुसार सर्वोच्च अदालतको निस्सालाई आधार मानेर पार्टीका सम्पूर्ण गतिविधि स्थगित गर्न अनुरोध गर्दै पत्र पठाइएको हो। पत्रमा अदालतको अन्तिम फैसला नआएसम्म कुनै पनि दीर्घकालीन प्रभाव पार्ने नीतिगत, राजनीतिक, साङ्गठनिक वा आर्थिक निर्णयहरू पूर्ण रूपमा यथास्थितिमा राख्न आग्रह गरिएको छ।

यसैगरी आगामी १५ औँ महाधिवेशन वा विशेष महाधिवेशनसम्बन्धी कुनै पनि साङ्गठनिक, प्राविधिक वा नीतिगत कार्यतालिकाहरू तत्काल स्थगित गर्न माग गरिएको छ। सर्वोच्च अदालतको पूर्ण इजलासबाट मुद्दाको अन्तिम फैसला नभएसम्म सम्पूर्ण साङ्गठनिक संरचनाहरूलाई साविककै अवस्थामा राखी अदालतको गरिमा र कानुनी प्रक्रियालाई सहयोग गर्न आग्रह गरिएको छ।

Advertisement

सर्वोच्च अदालतले गत साउन २१ गते काङ्ग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दाको पुनरावलोकनका लागि अनुमति (निस्सा) प्रदान गरेको थियो। उक्त अनुमतिपछि काङ्ग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवाद फेरि सुरुदेखि नै सुनुवाइ हुने भएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.