विराटनगरमा टीभीएसको इलेक्ट्रिक स्कुटर ‘अर्बिटर’ सार्वजनिक

Share this
754shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ३०, शनिबार ०६:५८
विराटनगरमा टीभीएसको इलेक्ट्रिक स्कुटर ‘अर्बिटर’ सार्वजनिक

विराटनगर । टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले विराटनगरमा बहुप्रतिक्षित इलेक्ट्रिक स्कुटर ‘टीभीएस अर्बिटर’ औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

विराटनगरका लागि टीभीएसको आधिकारिक बिक्रेता प्रसन्ननाथ डिलर सीपले एक कार्यक्रमका बीच सो स्कुटर सार्वजनिक गरिएको हो । सोरुम सञ्चालक प्रशान्त तातेडले नयाँ मोडलको स्कुटर अनावरण गरे । सहरी दैनिक यात्रालाई दिगो, प्रविधिमैत्री र सहज बनाउने उद्देश्यका साथ नेपाली बजारमा भित्र्याइएको यस स्कुटरको प्रारम्भिक मूल्य २ लाख ८१ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ ।

टीभीएस ‘अर्बिटर’ मा नेपालको विद्युतीय दुई पाङ्ग्रे सवारी क्षेत्रमै पहिलो पटक १४ इन्चको अगाडिको पाङ्ग्रा प्रयोग गरिएको छ । यसले असमान सडकमा पनि सवारी चलाउँदा उत्कृष्ट स्थिरता, नियन्त्रण र सहजता प्रदान गर्ने जगदम्बा मोटर्सका क्षेत्रीय प्रबन्धक अर्जुन खनालले जानकारी दिए ।

यो स्कुटरमा ३.१ किलोवाट आवर क्षमताको ब्याट्री राखिएको छ, जसले एक पटकको फुल चार्जमा १५८ किलोमिटरसम्मको प्रभावशाली आईडीसी रेन्ज दिने कम्पनीको दाबी छ । यसमा रेन्ज सुधार र सुरक्षाका लागि ‘रिजेनेरेटिभ ब्रेकिङ’ प्रविधिसहित इको र सिटी गरी दुई वटा राइडिङ मोडहरू उपलब्ध छन् ।

‘अर्बिटर’ मा ८४५ एमएम लामो सिट, २९० एमएम फुटबोर्ड, १६९ एमएम ग्राउन्ड क्लियरेन्स र दुई वटा हेलमेट सजिलै अट्ने ३४ लिटर क्षमताको विशाल बुट स्पेस छ । भाइजरसहितको फ्रन्ट एलइडी हेडलाइट, एज–टु–एज कम्बिनेसन ल्याम्प र कल तथा एसएमएस अलर्ट देखाउने कलर एलसीडी कनेक्टेड क्लस्टर छ ।

मोबाइल एप कनेक्टिभिटी, दुर्घटना तथा ढल्केको अलर्ट, चोरी, जियो–फेन्सिङ, हिल होल्ड असिस्ट, क्रुज कन्ट्रोल र टर्न–बाय–टर्न दिशा निर्देशन जस्ता अत्याधुनिक सुविधाहरू रहेको कम्पनीले जनाएको छ ।

यो स्कुटर नियोन सनबस्ट, कस्मिक टाइटेनियम र मारटिआन कोपर गरी तीन आकर्षक रङहरूमा उपलब्ध छ । नेपाली सडक र वातावरण अनुकूल परीक्षण गरिएको यो स्कुटरले विद्युतीय गतिशीलता (इलेक्ट्रिक मोबिलिटी) मा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास कम्पनीले लिएको छ ।

तपाइको प्रतिक्रिया
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
जितियाको निराहार व्रत तोड्दै महिलाले गरे पर्व समापन
अपहरणमा संलग्न युवक प्रहरीमाथि जाइलागेपछि गोली चलाइयो
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
मोरङमा ४६ सय संस्थाको अभिलेख खोतल्दै प्रशासन, नयाँ दर्ता पनि रोकियो
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड
कांग्रेसको सहमहामन्त्रीमा तीन महिला नेतृको उम्मेदवारी घोषणा
भोजपुरमा साकेवाथान निर्माण: किराँत संस्कृति र परम्परा नयाँ पुस्तामा पुस्तान्तरण गरिँदै
भोजपुरमा साकेवाथान निर्माण: किराँत संस्कृति र परम्परा नयाँ पुस्तामा पुस्तान्तरण गरिँदै
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×