ट्रम्पद्वारा ओमानमाथि बमबारीको धम्की, स्ट्रेट अफ हर्मुज खुलाउने प्रयास जारी

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २, मंगलबार ११:११

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग आफ्नो प्रशासनले गरिरहेको वार्तामा ‘अड्चन’ उत्पन्न गरे सहयोगी राष्ट्र ओमानमाथि बमबारी गर्ने धम्की दिएका छन्। अमेरिका र ओमानले इरानसँग छुट्टाछुट्टै वार्ता गरिरहेका छन्। उनीहरूको मुख्य उद्देश्य ‘स्ट्रेट अफ हर्मुज’ पुनःखोल्नु भएको बताए। विश्व अर्थतन्त्रका लागि अत्यन्त महत्वपूर्ण यो जलमार्ग अमेरिका–इरान युद्धका कारण करिब ६ महिनादेखि प्राय बन्द छ।

फक्स न्युजका एक रिपोर्टरका अनुसार ट्रम्पले फोन अन्तर्वार्ताका क्रममा ओमानलाई धम्की दिँदा अपशब्दसमेत प्रयोग गरेका थिए। यसअघि सोमबार नै इरानी अधिकारीहरूले ओमानसँगको वार्ता सम्झौता अन्तिम चरणमा पुगेको बताएका थिए। उता, अमेरिका र इरानबीच भएको ६० दिने समझदारीपत्र (एमओयु) को अवधि सकिन लागेकाले दुई देशबीचको वार्ता अब कसरी अघि बढ्छ भन्ने स्पष्ट छैन।

सोमबार ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्ने क्रममा एक पत्रकारले ट्रम्पलाई उक्त समझदारीपत्रको म्याद थप्ने प्रयास गरिरहनुभएको हो भनेर सोधेका थिए। ट्रम्पले जवाफ दिए, ‘होइन।’
अमेरिका र इजरायलले फेब्रुअरीमा इरानमाथि आक्रमण गरेपछि तेहरानले स्ट्रेट अफ हर्मुजमा आवतजावत ठूलो मात्रामा रोक्दै आएको छ। विश्वमा व्यापार हुने कुल तेल र प्राकृतिक ग्यास मध्ये करिब पाँच भागको एक भाग यही जलमार्गबाट ओहोरदोहोर हुँदै आएको छ।

त्यसैले हर्मुज पुनःखोल्नु अमेरिका-इरान वार्ताको प्रमुख विषय बनेको छ। ओमान स्ट्रेट अफ हर्मुजको दक्षिणी किनारमा अवस्थित छ। उसले आफूलाई यो द्वन्द्वमा तटस्थ राष्ट्र बताउँदै आएको छ। तर इरानबाट भएका विभिन्न आक्रमणको सामना गरिसकेको ओमान अहिले तेहरानसँग जलमार्ग पुनःखोल्ने वार्तामा महत्वपूर्ण मध्यस्थको भूमिका खेलिरहेको छ।

अमेरिकाले पनि जलमार्ग खुलाउने आफ्नै प्रयास अघि बढाइरहेको छ। फक्स न्युजका रिपोर्टर ट्रे यिङ्स्टले ट्रम्पलाई उद्धृत गर्दै लेखेका छन्, ‘ओमान हाम्रो बाटोमा आयो भने हामी उसलाई नराम्रोसँग बमबारी गर्नेछौं।’ तर ट्रम्पले भन्नन खोजेको ‘बाधा’ के हो भन्ने बारे भन्ने स्पष्ट छैन्।

तपाइको प्रतिक्रिया
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
जितिया मनाउन गएका दुई किशोरीको डुबेर मृत्यु
सभापतिमा उठ्न ४० हजार र केन्द्रीय सदस्यमा ११ हजार शुल्क
इनरुवामा काउली बोकेको ट्रकबाट अन्दाजी २ हजार ४९० किलो गाँजा बरामद
पहाडी क्षेत्रमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना
कांग्रेसको १५ औं महाधिवेशन : बन्दसत्र सुरु हुँदै
बदलिएको कांग्रेसले देश पनि बदल्छ: गगन थापा
सत्तामुखी राजनीतिदेखि पार्टी सुधारसम्म : गगनको प्रतिवेदनमा कांग्रेसको आत्मस्वीकारोक्ति (पूर्णपाठ)
राष्ट्र बैंकद्वारा विदेशी मुद्राको नयाँ विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
विराटनगरमा मृत फेला पर्यो नीलगाई
कोशी–मधेश आर्थिक सहकार्यमा जोड
कोशी–मधेश आर्थिक सहकार्यमा जोड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×