जापानी इन्सेफ्लाइटिसबाट चार जनाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ४, बिहीबार २१:५७
जापानिज इन्सेफ्लाइटिसको उच्च जोखिम: ५० प्रतिशत सङ्क्रमितको मृत्यु

काठमाडौं। जापानी इन्सेफ्लाइटिसको सङ्क्रमणका कारण सप्तरी र कैलालीमा चार जनाको मृत्यु भएको छ। दुवै जिल्लामा दुई-दुई जनाको ज्यान गएको हो।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ का ७४ वर्षीय सत्यनारायण यादव र राजगढ गाउँपालिका–३ का १४ वर्षीय शिवकुमार रामको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका स्वास्थ्य अधिकृत सतिश यादवले जानकारी दिए।

Advertisement

उनका अनुसार दुवै जनाको गत साउन २१ गते उपचारका क्रममा मृत्यु भएको हो। यादवको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र रामको गोल्डेन हस्पिटल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको थियो।

यसैगरी कैलालीको घोडाघोडी नगरपालिकामा पनि जापानी इन्सेफ्लाइटिसबाट दुई जनाको मृत्यु भएको छ। घोडाघोडी–४ र ९ का ३४ र ७० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको नगरपालिकाका सिनियर अहेब मानबहादुर बोहराले बताए।

तपाइको प्रतिक्रिया
स्वास्थ्य बिमाको बजेट १५ अर्ब पुर्‍याइएको छ: अर्थमन्त्री
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे ८० लाख धरौटीमा रिहा
धनकुटाका होटल र लजमा प्रशासनको छड्के अनुगमन, मापदण्ड पालना गर्न निर्देशन
दुर्घटनामा एक जनाको मृत्यु, ६ घाइते
एमालेलाई सघाएका राप्रपा संसदीय दलका नेता उद्धव थापा निष्कासित
वैदेशिक सहायता राष्ट्रिय बजेट प्रणालीमार्फत परिचालन गर्न निर्देशन
नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा एसएसपी गिरी दोषी ठहर
शिक्षिकाको कुटाइबाट ६ वर्षका बालकको मृत्यु
बालिका मृत्यु प्रकरणः सिमराका डीएसपीको जिम्मेवारी खोसियो
इरानका साझेदारले आर्थिक क्षति व्यहोर्नुपर्ने ट्रम्पको चेतावनी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×