
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै छ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बिहान ११ बजे बैठक आयोजना गरिएको हो।
बैठकमा उपस्थितिका लागि समितिका सदस्यहरूलाई अनुरोध गरिएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव दिनेश थापामगरले जानकारी दिएका छन्।

























