स्वास्थ्य निकायहरुमा रजिस्ट्रार र सदस्यसचिव नियुक्त

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ५, शुक्रबार १३:११

काठमाडौं । सरकारले चारवटा स्वास्थ्य निकायमा रजिस्ट्रार तथा सदस्यसचिव नियुक्त गरेको छ । नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ, नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिस्ट्रारमा रमेश श्रेष्ठ, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी र आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा. हरि शरण अर्याल नियुक्त भएका हुन् ।

नवनियुक्त पदाधिकारीहरूले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शपथ ग्रहण कार्यक्रममा मन्त्री मेहताले नवनियुक्त पदाधिकारीलाई जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न शुभकामना दिएकी छन् । नयाँ नियुक्तिसँगै सम्बन्धित निकायको नेतृत्वले नियमित कामकारबाही तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित जिम्मेवारीलाई थप प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

Advertisement

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×