कांग्रेसले विश्वासको मतको विपक्षमा मतदान गर्ने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ८, सोमबार १५:५२

विराटनगर । सरकारबाट अलग्गिएको नेपाली काँग्रेसले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने भएको छ । काँग्रेस कोशी प्रदेश संसदीय दलको आज सोमबार बसेको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक गोपाल तामाङले जानकारी दिए ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तटस्थ बस्ने भएको छ । राप्रपा संसदीय दलकी प्रमुख सचेतक सविना बजगाईले आफ्नो पार्टीले विश्वासको मत नदिने र विपक्षमा पनि मतदान नगर्ने निर्णय गरेको बताइन् ।

Advertisement

मुख्यमन्त्री कार्कीले आज तेस्रो पटक विश्वासको मत लिँदैछन् । नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच भएको तीन बुँदे सहमति अनुसार प्रदेश सरकार पुनर्गठन भएको थियो । गत सोमबार नयाँ मन्त्रीहरूले शपथ ग्रहण गरेका थिए ।

सरकार फेरबदलसँगै काँग्रेसले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको थियो । कोशी प्रदेशसभामा ९२ सदस्य छन् । तीमध्ये एमालेका ४० र कांग्रेसका २९ सदस्य छन् । यस्तै माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीका १७, राप्रपाको सभामुखसहित ५ र जसपाका १ सांसद छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×