अहिलेसम्म कति जनाको भयो उद्धार ?, बाढीपीडितको उद्धारमा निजी हेलिकप्टरले अनुमति लिन नपर्ने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १०, बुधबार १२:४३

काठमाडौं । बाढीका कारण रसुवाका विभिन्न स्थानमा फसेका १२ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । नेपाली सेनाका अनुसार भोटेकोशीमा आएको बाढीमा फसेका उनीहरूमध्ये स्याफ्रुबेसीबाट ६, मैलुङबाट २ र धुन्चेबाट ४ जनाको उद्धार गरिएको हो ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि नेपाली सेनाका ४ र निजी क्षेत्रका ८ गरी १२ वटा हेलिकप्टर परिचालन गरिएको छ । बाढी प्रभावितको उद्धारका लागि निजी हेलिकप्टरले छुट्टै सरकारी अनुमति लिन नपर्ने व्यवस्था गरिएको छ ।

Advertisement

यसैबीच, उद्धार, राहत तथा खोजीमा खटिएका हेलिकप्टरलाई इन्धनको सहज व्यवस्था गर्न नेपाल आयल निगमले काठमाडौंस्थित डिपोबाट हवाई इन्धनसहितको ट्यांकर नुवाकोटको त्रिशूली पठाएको छ । नेपाली सेनाको मेडिकल टोलीले पनि त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा सुरु गरेको जनाएको छ । बाढीबाट ठूलो भौतिक क्षति भएको र सम्पर्कविहीन व्यक्तिको संख्या अझै यकिन हुन सकेको छैन ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×