मेडिकल टिमसहित सेनाको एमआई-१७ हेलिकप्टर रसुवातर्फ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १०, बुधबार ११:१३

काठमाडौं । नेपाली सेनाको १४ सदस्यीय मेडिकल टिमसहित एमआई–१७ हेलिकप्टर बुधबार काठमाडौंंबाट रसुवातर्फ उडेको छ। तत्कालका लागि त्रिशूलीस्थित सैनिक ब्यारेकलाई बेस बनाएर टोली रसुवा जाने तयारी गरिएको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिएका छन्।

उनका अनुसार टिमुरे र स्याफ्रुबेँसीमा बाढीले ठूलो क्षति पुर्‍याएकाले तत्काल हेलिकप्टर अवतरण गर्न सक्ने अवस्था छैन। त्यसैले मौसम तथा परिस्थितिको अनुकूलता हेरेर हवाई टोली प्रभावित क्षेत्रमा जाने उनले बताए।

Advertisement

उद्धार तथा राहतका लागि नेपाली सेनाको ६ नम्बर बाहिनीबाट विपद् व्यवस्थापन टोलीसहितको जनशक्ति यसअघि नै परिचालन भइसकेको प्रवक्ता बस्नेतले जानकारी दिए। अन्य सैनिक टोलीसमेत उद्धार कार्यमा खटिइसकेको उनले बताए।

बुधबार बिहान करिब ९ बजे तिब्बततर्फबाट भोटेकोसी नदीमा आकस्मिक रूपमा आएको ठूलो बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण त्रिशूली नदीको बहावसमेत बढेपछि नुवाकोट, धादिङ र चितवनमा समेत उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

यसअघि सरकारले बाढी प्रभावित तथा तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न निर्देशन दिँदै उद्धार, खोज तथा राहतका लागि सुरक्षा निकायका संयन्त्र परिचालन गरिसकेको छ।

तपाइको प्रतिक्रिया
अहिलेसम्म कति जनाको भयो उद्धार ?, बाढीपीडितको उद्धारमा निजी हेलिकप्टरले अनुमति लिन नपर्ने
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
भोटेकोशीको बाढीले निम्त्यायो महासंकट : सरकारलाई सहयोग गरौं, उद्धार र राहतमा जुटौं
भोटेकोशीको बाढीले रसुवा र नुवाकोट तहसनहस, उद्धारका लागि ८ हेलिकप्टर परिचालन
स्याफ्रुबेसीदेखि टिमुरेसम्म सम्पर्कविहीन, उद्धारको पर्खाइमा सयौं नागरिक
रसुवा बाढीपछि उद्धारमा जुट्न रवि र गगनको अपिल, अफवाह नफैलाउन आग्रह
भोटेकोशीको बाढीले अकल्पनीय क्षति, दर्जनौँ बस्ती र बजार बगायो
नुवाकोटमा बाढी : त्रिशूली बजारका ६० घर बगे
रसुवाबाट आएको बाढीले नुवाकोटका बजारमा ठूलो क्षति, मानवीय क्षतिको पुष्टि छैन
मेडिकल टिमसहित सेनाको एमआई-१७ हेलिकप्टर रसुवातर्फ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×