त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्था कडा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २८, बिहीबार १२:२१

काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा उपचारपछि स्वदेश फर्किने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ।

विमानस्थलको मूल गेट तथा आसपासका क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ।

Advertisement

गत फागुनमा स्वास्थ्य उपचारका लागि सिंगापुर गएका देउवा थाइल्यान्ड हुँदै आज बिहीबार मध्यान्ह अवतरण गर्ने कार्यक्रम छ।

देउवालाई स्वागत गर्न पार्टीका शीर्ष नेता तथा कार्यकर्ताहरू विमानस्थल पुग्ने क्रम सुरु भएसँगै सम्भावित भिडभाड र सुरक्षालाई ध्यानमा राख्दै विमानस्थल क्षेत्रको सुरक्षा चुस्त बनाइएको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.