बाढी प्रभावितको उद्धार र राहतमा जुट्न डा. शशांक कोइरालाको आग्रह

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १०, बुधबार १३:४१
बाढी प्रभावितको उद्धार र राहतमा जुट्न डा. शशांक कोइरालाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण उत्पन्न संकटप्रति गम्भीर चिन्ता व्यक्त गर्दै खोज, उद्धार र राहत कार्यलाई तीव्रता दिन सरकारसँग माग गरेका छन् ।

चीनको तिब्बत क्षेत्रबाट रसुवा हुँदै बग्ने भोटेकोशीमा आएको बाढीले जनजीवन प्रभावित पारेको भन्दै डा. कोइरालाले सुरक्षा निकाय तथा सम्बन्धित सबै सरोकारवालालाई उच्च प्राथमिकताका साथ कार्य अगाडि बढाउन अनुरोध गरेका हुन् ।

Advertisement

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले भोटेकोशी र त्रिशूली नदीमा पानीको बहाव निरन्तर बढिरहेकाले तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेका छन् । डा. कोइरालाले भनेका छन्, ‘रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवन जिल्लाका नदी तटीय र जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले विशेष सावधानी अपनाउनु आवश्यक छ ।’

संकटको यो घडीमा नागरिकको जीवन रक्षा नै प्रमुख प्राथमिकता हुनुपर्ने उल्लेख गर्दै उनले सबैलाई संयमित, सचेत र सुरक्षित रहन अपिल गरेका छन् । साथै, एकअर्कालाई सहयोग गर्दै मानवीय एकता प्रदर्शन गर्न पनि उनले सम्पूर्णमा आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×