भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न एमाले नेता पर्शुराम बस्नेतको अपिल (भिडियोसहित)

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १०, बुधबार १९:३९

विराटनगर । नेकपा (एमाले)का केन्द्रीय सदस्य पर्शुराम बस्नेतले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा जुट्न सरकारसहित सबै पक्षसँग आग्रह गरेका छन् ।

बाढीका कारण रसुवासहित नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो क्षति पुगेको भन्दै बस्नेतले प्रभावित क्षेत्रमा राज्यका सबै जनशक्ति परिचालन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । भोटेकोशीमा आएको बाढीबाट पुगेको ठूलो मानवीय एवं भौतिक क्षतिको विवरण क्रमशः सार्वजनिक भइरहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै गोर्खा, चितवनलगायतका क्षेत्रमा समेत आवश्यक सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ ।

Advertisement

भिडियो सन्देशमार्फत बस्नेतले विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता भएका सुरक्षाकर्मी, सर्वसाधारण, पर्यटक सबैको खोजी तथा उद्धारलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् । उनले बाढीका कारण क्षति भएका प्रहरी चौकी तथा अन्य संरचनाको पुनर्निर्माण र व्यवस्थापनमा समेत सरकारले तत्काल पहल गर्नुपर्ने बताए ।

घाइतेहरूको तत्काल उपचारको व्यवस्था गर्न र थप क्षति हुन नदिन प्रभावित क्षेत्रमा आवश्यक उद्धार तथा राहत सामग्रीसहित राज्यका संयन्त्र परिचालन गर्न उनले माग गरेका छन् । एमालेका युवा नेता बस्नेतले विपत्तिको सामना गर्न सबै राजनीतिक दल, प्रतिपक्ष, भ्रातृ संगठन, विभिन्न संघसंस्था तथा समाजका अगुवाहरूलाई स्वयंसेवकका रूपमा परिचालित हुनसमेत आग्रह गरेका छन् ।

विपत्तिको समयमा राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्दै संयमित भएर अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन् । ‘विपत्तिबाट प्रभावित नागरिकको उद्धार र राहतमा सबैले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्छ,’ बस्नेतले भनेका छन् । उनले अहिलेको संकटमा सरकारको प्रयाससँगै राजनीतिक दल, नागरिक समाज र संघसंस्थाको सामूहिक पहल आवश्यक रहेको बताएका छन् ।

भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउँदै सम्भावित थप क्षति रोक्न सरकारले विशेष व्यवस्था गर्नुपर्ने बस्नेतको आग्रह छ । उनले बाढीपीडितलाई सहयोग गर्ने कार्यमा जुट्न सबैमा आह्वान गरेका छन् ।

तपाइको प्रतिक्रिया
‘रसुवाको भोटेकोशी र सिन्धुपाल्चोकको भोटेकोशी एउटै होइनन्’
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९५ पुग्यो, २८ प्रहरी सम्पर्कविहीन
श्रद्धा र सद्भावका साथ १५०१ औँ मोहम्मद जयन्ती मनाइयो (फोटो फिचर) 
श्रद्धा र सद्भावका साथ १५०१ औँ मोहम्मद जयन्ती मनाइयो (फोटो फिचर) 
हिमताल विस्फोटबाट भएको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्रद्वारा दुःख व्यक्त 
बाढी पीडितको उद्धार र राहतमा जुट्न पूर्वराजाको अपिल
बाढीपीडितको उद्धार र राहतलाई तीव्र बनाउने प्रधानमन्त्री शाहको घोषणा
भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न एमाले नेता पर्शुराम बस्नेतको अपिल (भिडियोसहित)
एनआरएनएले दिने भयो बाढीपीडितका लागि ५ करोड
एलिस च्याम्पियनसिपमा भाग लिन कुस्ती टोली किर्गिस्तान जाँदै 
एलिस च्याम्पियनसिपमा भाग लिन कुस्ती टोली किर्गिस्तान जाँदै 
गोरखामा बाढीले बगाएको ८ शव फेला
बालेनलाई मोदीको फोन, उद्धार र राहतमा सहयोगको प्रतिबद्धता
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×