बाढी–पहिरो पीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

Share this
739shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १२, शुक्रबार १०:५६
बाढी–पहिरो पीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रसुवालगायत भोटेकोशी नदी आसपासका क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनः स्थापनामा जुट्न सम्बन्धित सबै पक्षसँग आग्रह गरेकी छिन् ।

प्राकृतिक विपद्का कारण जनधनको ठुलो क्षति भएकोप्रति दुःख व्यक्त गर्दै पूर्वराष्ट्रपति भण्डारीले विपद्मा परेका नागरिकको ज्यान जोगाउनु पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिएकी छिन् । उनले सरकार, सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, सामाजिक संघसंस्था तथा आम नागरिकलाई उद्धार कार्यमा सक्रियताका साथ लाग्न अपिल गरेकी छिन् ।

Advertisement

विज्ञप्ति जारी गर्दै उनले प्रभावित क्षेत्रमा खाद्यान्न, स्वास्थ्य सेवा र अस्थायी आवासजस्ता अत्यावश्यक राहत सामग्री तत्काल पुर्‍याउन ध्यानाकर्षण गराएकी छिन् । साथै, थप जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न समेत उनले आग्रह गरेकी छिन् ।

विपद्को यस कठिन घडीमा मानवीय सेवाका लागि सबै पक्ष एकजुट हुनुपर्ने भन्दै पूर्वराष्ट्रपति भण्डारीले बेपत्ता भएका नागरिकको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन निकायहरूबिच समन्वय हुनुपर्ने बताएकी छिन् । उनले विपद्मा परेर ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना समेत व्यक्त गरेकी छिन् ।

तपाइको प्रतिक्रिया
मोरङको ‘साक्फारा स्टेसन’ मा सबैभन्दा धेरै ६७.४ मिलिमिटर वर्षा
बेपत्ता आफन्तको खोजीमा सेनाको ब्यारेक पुगे परिवारजन
सुरुङमा फसेकाको उद्धार गर्न चीनले पठाउँदै विशेषज्ञ टोली
सुरुङमा फसेकाको उद्धारका लागि प्रयास तीव्र
अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेस नेता आङदेम्बेको माग
बाढीपछि संक्रमणको जोखिम, सतर्कता अपनाउन चिकित्सकको आग्रह
भोटेकोशी बाढीः पुनर्निर्माणमा करिब ७ खर्ब ६५ अर्ब रुपैयाँ लाग्ने अनुमान
विराटनगर इक्राहीको धान खेतमा नवजात शिशु फेला
विदेश पठाउने प्रलोभनमा लाखौँ ठगी गर्ने तीन जना पक्राउ
बाढीमा बगेको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ
विपत्तिको चौथो दिनः शव फेला पर्ने क्रमसँगै एकीकृत तथ्यांक संकलन जारी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×