बाढीपीडितलाई डब्लुएचओको स्वास्थ्य सामग्री

Share this
787shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १५, सोमबार ०७:१३

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भोटेकोशी बाढी प्रभावितका लागि १ लाख ५० हजार अमेरिकी डलर बराबरको आपत्कालीन स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

दक्षिणपूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आपत्कालीन कोषमार्फत उपलब्ध गराइएको सामग्रीबाट करिब १० हजार जनालाई तीन महिनासम्म आवश्यक स्वास्थ्य सेवा प्रदान गर्न सकिने डब्लुएचओले जनाएको छ । प्रभावितका लागि आवश्यक पालसमेत उपलब्ध गराइएको छ ।

Advertisement

भदौ १० गते बाढी आएपछि केही घण्टामै प्रभावित क्षेत्रमा अत्यावश्यक स्वास्थ्य सामग्री पठाइएको डब्लुएचओ दक्षिणपूर्वी एसिया क्षेत्रीय कार्यालयले जनाएको छ । सामग्रीमा सर्जिकल मास्क, पञ्जा, ह्यान्ड स्यानिटाइजरलगायत स्वास्थ्य सेवामा आवश्यक सामग्री छन् ।

डब्लुएचओका अनुसार बाढीपछि चोटपटक, झाडापखाला, श्वासप्रश्वाससम्बन्धी समस्या, पानी तथा खाद्यजन्य रोग र वाहकजन्य रोगको जोखिम बढ्न सक्छ । त्यसैले प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्य सेवा र आवश्यक सावधानी अपनाउनुपर्नेमा उसले जोड दिएको छ ।

डब्लुएचओ दक्षिणपूर्वी एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा. निलेश बुद्धले नेपालमा आपत्कालीन प्रतिकार्य तथा पुनःस्थापनाका प्रयासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

तपाइको प्रतिक्रिया
भोटेकोशी बाढी संकट : प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग लिए जानकारी
एउटै शवमा तीन परिवारको दाबी, पहिचानका लागि डीएनए परीक्षण हुँदै
बाढीपछि मधेस प्रदेशका १५१ जना सम्पर्कविहीन
प्रहरीको कामकारबाही रेकर्ड गर्न पाउनुपर्ने माग, सर्वोच्चमा रिट दर्ता
भोटेकोशी बाढी : गम्भीर बिरामीको उद्धारका लागि हेलिकप्टर माग
भोटेकोशी बाढीपछि एक खर्बसम्मको बीमा दाबी पर्न सक्ने
घट्यो सुनको मूल्य  
सुनको मूल्य घट्यो, चाँदी स्थिर
रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीनको खोजीमा उद्धार टोली परिचालन
विराटनगरको सडकमा बिरामी अवस्थामा भेटिएका पुरुषको मृत्यु
बाढीमा परेर मृत्यु हुनेको संख्या नौ सय नाघ्यो, ४२ सयभन्दा बढी सम्पर्कविहीन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×