राष्ट्रपति र प्रधानमन्त्री भेट्न रवि लामिछानेको दौडधुप

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १५, सोमबार १८:३१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढीपहिरोबाट प्रभावित क्षेत्रको अवस्था, उद्धार तथा राहतका बारेमा जानकारी लिन राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग भेटवार्ता गरेका छन् ।

सभापति लामिछानेले सोमबार राष्ट्रपति पौडेलसँग भेट गरी रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षति तथा प्रभावित क्षेत्रमा भइरहेका उद्धार र राहतका गतिविधिका बारेमा जानकारी गराएका हुन् ।

Advertisement

राष्ट्रपतिसँगको भेटअघि लामिछानेले प्रधानमन्त्री शाहसँग पनि भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीसँगको भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा सरकारले सञ्चालन गरिरहेको खोज तथा उद्धार, राहत वितरण र नागरिक व्यवस्थापनका प्रयासका बारेमा छलफल भएको थियो ।

भेटका क्रममा बाढीबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतलाई प्रभावकारी बनाउने, प्रभावित क्षेत्रमा आवश्यक सामग्री सहज रूपमा पुर्‍याउने र क्षति पुगेका संरचनाको पुनःस्थापना गर्ने विषयमा छलफल भएको थियो । प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको रक्षा, राहत सामग्रीको सहज पहुँच तथा पुनःस्थापनाका लागि सरकारी संयन्त्रहरूलाई पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी लामिछानेलाई गराएका थिए ।

प्रधानमन्त्रीसँगको भेटबाट प्राप्त जानकारी र सरकारबाट भइरहेको कामका बारेमा जानकारी लिएपछि लामिछानेले राष्ट्रपति पौडेललाई समग्र अवस्थाका बारेमा ब्रिफिङ गरेका हुन् । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा लगायतका क्षेत्रमा ठूलो क्षति पुगेको छ ।

बाढीबाट प्रभावित नागरिकको उद्धार, बेपत्ताको खोजी, राहत वितरण तथा क्षतिग्रस्त संरचनाको पुनःस्थापनाका लागि सरकारी निकायहरू परिचालन भइरहेका छन् । यसैबीच, विपद्को पछिल्लो अवस्था र सरकारबाट भइरहेका उद्धार तथा राहतका कामका बारेमा जानकारी लिन लामिछानेले प्रधानमन्त्री र राष्ट्रपतिसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् ।

तपाइको प्रतिक्रिया
दधिराज सुवेदीको स्मृतिमा पुस्तकालयको आवश्यकता र योगदानबारे विराटनगरमा चर्चा
दधिराज सुवेदीको स्मृतिमा पुस्तकालयको आवश्यकता र योगदानबारे विराटनगरमा चर्चा
रसुवा बाढीमा मृतकको संख्या ९३९ पुग्यो
ताप्लेजुङ गोल्डकपः विभागीय टोली पुलिसलाई हराउँदै झापा–११ सेमिफाइनलमा 
ताप्लेजुङ गोल्डकपः पुलिसलाई हराउँदै झापा–११ सेमिफाइनलमा 
भोटेकोशी बाढीपीडितका लागि एके राठी र सारडा ग्रुपद्वारा १ करोड १ लाख सहयोग
भोटेकोशी बाढीपीडितका लागि एके राठी र सारडा ग्रुपद्वारा १ करोड १ लाख सहयोग
विराटनगरको रानी अस्पतालमा अत्याधुनिक प्रयोगशाला सञ्चालन 
विराटनगरको रानी अस्पतालमा अत्याधुनिक प्रयोगशाला सञ्चालन 
भोटेकोशी बाढीपीडितका लागि आर्या न्युरो अस्पतालको सहयोग
राष्ट्रपति र प्रधानमन्त्री भेट्न रवि लामिछानेको दौडधुप
बाढी प्रभावितका लागि हिमगिरि हाइजिनले ७० लाखको सामग्री दिने
प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच विपद् व्यवस्थापनबारे छलफल
रसुवाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×